आचारसंहिता लागू गर्ने तयारी, दलहरुसँग प्रतिबद्धता खोज्दै आयोग
जानकारी केन्द्र
२०७९, आश्विन, ९
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आइतबार छलफल गर्दै छ। सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धमा दलहरूसँग अन्तक्र्रिया गरिने बताए । उनले भने, “छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको छ।” प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउनेरनआउनेसम्बन्धमा सुनिश्चित भइसकेको छैन ।
आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। तर त्यसअघि दलहरूबाट प्रतिबद्धता लिन छलफल गर्न लागिएको बताइएको छ। छलफल अपराह्न तीन बजेदेखि हुने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


