दललाई उम्मेवार छान्नै हम्मे
काठमाडौं । १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतरसमूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको र सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसका भागमा परेका निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने जानकारी दिए ।
‘पहिले तालमेल कहाँ कसरी गर्ने भन्ने तय हुन्छ, त्यसपछि मात्रै उम्मेदवार तय हुन्छ,’ कांग्रेस प्रवक्ता महतले राजधानीसँग भने, ‘पार्टीका विभिन्न तहबाट सिफारिस भएर आएका उम्मेदवारका नाममा आन्तरिक छलफल भइरहेको छ, सिट टुंगिएपछि उम्मेदवार तय गर्छौं ।’
यसैगरी, नेकपा माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा नै विवाद देखिएको छ । सो दललेसमेत प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन । माओवादी केन्द्रले पनि गठबन्धनबीच कहाँ कति सिट पाउने भन्ने टुंगिएपछि मात्रै उम्मेदवारबारे निर्णय लिने बताइएको छ ।
माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले पार्टीले पाउने सिट संख्या तय भएपछि मात्रै उम्मेदवार’दयगत निर्णय हुने बताए ।
गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले पनि प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष उम्मेदवार तय गर्न सकेको छैन भने जसपालाई पनि सकस परिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेशसभामा ‘कहाँ कसलाई उम्मेदवार बनाउनेरु’ भन्ने तय गर्न सकेको छैन । एमालेले उम्मेदवारबारे छलफल गर्न आज केन्द्रीय सचिवालय बैठक डाकेको छ । एमालेले १६ असोजभित्र प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने बताउँदै आइरहेको छ ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फका उम्मेदवार विषयमा पार्टीभित्र ‘वर्कआउट’ भइरहेको र १६ असोजसम्म उम्मेदवार तय गरिने जानकारी दिए ।
‘प्रत्यक्षतर्फका उम्मेदवारका विषयमा पार्टीभित्र वर्क आउट भइरहेको र १६ असोजसम्म उम्मेदवार तय गर्ने गरी छलफल जारी छ,’ एमाले उपाध्यक्ष नेम्वाङले भने ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीका कारण विवाद हुँदा प्रत्यक्ष तर्फका उम्मेदवार चयन गर्न समस्या हुँदै आइरहेको छ ।
सम्बन्धित समाचार
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

