Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

गगन थापा अबको १० वर्ष मात्र राजनीतिमा सक्रिय रहने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, १४
गगन थापा अबको १० वर्ष मात्र राजनीतिमा सक्रिय रहने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १० वर्षमात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको चावहिलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सो कुरा बताएका हुन् ।

अबको १० वर्षमा आफू ५५ वर्षको हुने र त्यसपछि सक्रिय राजनीतिबाट बिदा लिएर आराम गर्ने बताए । ‘मसँग जम्मा १० वर्ष छ, सक्रिय राजनीति गर्ने १० वर्ष हो । त्यसपछि सक्रिय राजनीति गर्दिनँ’ महामन्त्री थापाले भने, ‘दुईवटा राम्रो काम गर्न सके पुग्छ । सबै कार्यकर्तालाई निराश पार्दिनँ । ५५ वर्षसम्म मात्र सक्रिय राजनीति गर्छु । म निराश बनाउदिनँ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले पार्टीभित्र विद्रोह गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेका छन् । पार्टीभित्र एक पक्षले अर्को पक्षलाई अन्याय गरेको बताउँदै त्यसलाई परास्त गर्न विद्रोह गर्न आवश्यक रहेको औँल्याए ।

‘अहिले पार्टीभित्र सुदृढीकरण गर्नुपर्ने, विरोध र विद्रोह गर्नुपर्ने अवस्था आएको छ । पार्टीभित्र असन्तुष्टि छ, न्याय र सन्तुलन भएन भन्ने छ । यसका लागि पार्टीभित्र नयाँ संघर्ष गर्नुपर्ने बोध छ ।’

Top Changing Nepal

युट्युब सट्स