०२ फागुन २०८२, शनिबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

स्याउ खेती प्रविधि

स्याउ खेती शितोष्ण हावापानी भएको ठाँउमा राम्रो हुन्छ । रोजेजी परिवारमा पर्ने स्याउको वानस्पतिक नाम मालस डोमेस्टिका हो । आकर्षक बनोट, मिठो स्वाद, सजिलै खान सकिने हुनाले र मानव स्वास्थ्यलाई पनि फाइदाजनक हुने हुनाले स्याउ सबैको लोकप्रिय फल बनेको छ। बच्चादेखि वृद्धसम्म हरेक व्यक्ति स्याउ भनेपछि हुरुक्कै हुन्छन्। स्याउबाट केक, अचार, जुस, वाइन, रक्सि आदिसमेत बनाउन सकिन्छ। पाकेको स्याउको फलमा प्रसस्त मात्रामा भिटामिन र खनिज तत्व पाइन्छ।स्याउको सेवनले क्यान्सर, मुटुको रोग, दम आदिबाट जोगिन सकिन्छ। थोरै लगानी गरेर स्याउ खेतीबाट प्रसस्तै आम्दानी गर्न सकिन्छ।

स्थल
स्याउ बगैंचा स्थापना गर्नु अगाडि स्थल छनोट सबैभन्दा प्राथमिकता आवश्यकता हो।बगैंचाको सफलता असफलता पूर्णतया यसमा निर्भर गर्दछ। बगैंचाको लागि ठाउँको छनौट गर्दा निम्न पूर्वाधारहरु भएको ठाउँ उपयुक्त हुन्छ।
– पहिले देखि स्याउको बगैंचा स्थापना भएको ठाउँ।
– कृषि सामाग्री एवं ज्यामी सजिलै उपलब्ध हुने ठाउँ।
– यातायातको राम्रो सुविधा भएको ठाउँ।
– बजारको राम्रो व्यवस्था भएको ठाउँ।
– उत्तरी मोहोडा भएको जग्गा।
– तुषारो तथा असिना नपर्ने क्षेत्र।

हावापानी
नेपालमा समुन्द्र सतह देखि २००० मीटर देखि ३००० मीटर उचाई सम्म स्याउको खेती गर्न सकिन्छ। विभिन्न जातका स्याउको लागि विभिन्न चिसोको आवश्यकता भएपनि समग्र रुपमा न्यूनतम तापक्रम (७ डि।से। देखि १० डि।से। सम्म पग्ने ठाउँमा यसको खेती सफलता पूर्वक गर्न सकिन्छ। स्याउको उत्पादन तथा गुणस्तरमा वर्षा बढी भएको ठाउँ भन्दा वर्षा कम भएको ठाउँमा राम्रो भएको पाइन्छ। यस कारण मुस्ताङ्गको स्याउ अन्य ठाउँको स्याउ भन्दा राम्रो भएको पाइन्छ।

माटो
स्याउ खेती धेरै प्रकारको माटोमा गर्न सकिने भएता पनि निम्न अनुसारको गुण भएको माटो उपयुक्त मानिन्छ।
– पानीको निकासको राम्रो प्रवन्ध भएको र चिस्यान रहिरहने तथा पानी नजम्ने माटो।
– माटोमा विरुवालाई चाहिने प्रशस्त तत्वहरु भएको ९नाईट्रोजन, फस्फोरस, पोटास, क्यालसियम तथा म्याग्नेसियम०।
– थोरै अम्लीय माटो ९पि।एच। ५।५(६।५०।
– दोमट वा भारी दोमट माटो।

स्याउका जातहरु
कोपिला फक्रन, फुल फुल्न र फल लाग्न आवश्यक पर्ने चिस्यानको आधारमा स्याउको विभाजन

– बढी चिसो आवश्यक पर्ने जातहरु
यी जातको स्याउलाई १००० घण्टा भन्दा बढी समय ७ डि.से. भन्दा कमको चिसो समयको आवश्यकता पर्दछ। यी जातहरु नेपालको समुन्द्र सतह देखि २००० देखि ३००० मि। को उचाइमा लगाउन सकिन्छ। यी जातहरु निम्न छन् स्
क. रेड डेलिसियस

ख. स्टारकिङ्ग डेलिसियस

ग. गोल्डेन डेलिसियस

घ. रोयल डेलिसियस

ङ। जोनाथन

च.  रिचारेड

– मध्यम चिसो चाहिने जातहरु स्
यी जातका स्याउलाई ६००(१००० घण्टा सम्म ७ डि।से। भन्दा कमको चिसो समयको आवश्यकता पर्दछ। यी जातहरु नेपालको समुन्द्र सतह देखि १५०० देखि २००० मि। को उचाइमा लगाउन सकिन्छ। यी जातहरु निम्न छन् स्
क. क्रिस्पिन

ख. कटजा

ग. रेड जुन

घ . किङ्ग अफ पिपिन

ङ. कक्स आरेन्ज पिपिन

च. स्टुगर पिपिन

– कम चिसो चाहिने जातहरु
यी जातका स्याउलाई ४०० देखि ६०० घण्टा सम्म ७ डि।से। भन्दा कमको चिसो समयको आवश्यकता पर्दछ। यी जातहरु नेपालको समुन्द्र सतह देखि १२०० देखि १५०० मि। को उचाइमा लगाउन सकिन्छ। यी जातहरु निम्न छन् स्
क. अन्ना

ख. भेरेड

ग. नियोमी

घ. ट्रोपिकल ब्युटी

बगैंचाको योजना
एक पटक विरुवा रोपी सकेपछि पुनः पछि कुनै सुधार गर्न सकिदैंन। तसर्थ विरुवा रोप्न भन्दा अगाडि नै कुन तरिकाले रेखाङ्कन गरेर विरुवा लगाउने हो सो को जग्गाको संरचना हेरेर गर्नु पर्दछ।

विरुवा लगाउने दूरी
विरुवा लगाउने दूरी निम्नानुसार कायम गरिन्छ।
क. पुड्के जातहरुः ८-१२ फिट ९२।५-४ मिटर
ख. अर्ध पुड्के जातहरुः १५-२० फिट ९५-६ मिटर
ग. अग्ला जातहरुः २५-३० फिट ९८-९ मिटर

विरुवा लगाउने समय
स्याउको विरुवा शुषुप्त अवस्थामा वा पालुवा नआउदैं रोपेको खण्डमा राम्रो हुने भएकाले हिउँदमा रोपिन्छ। स्याउ लगाउने ठाउँको आधारमा पौष माघमा रोप्ने गरिन्छ।

तालिम तथा काटछाँट
स्याउका बोटहरुलाई आफुले चाहेको स्वरुप वा आकार दिन जुन किसिमको काटछाँट गरिन्छ, त्यसलाई तालिम भनिन्छ। स्याउमा काटछाँट माघको अन्तिम देखि फाल्गुनको अन्त्यसम्म राम्रो हुन्छ। विरुवाको बिचको भाग तथा पातमा बढी हावा तथा प्रकाश पुर्याउन जसले गर्दा विरुवालाई बढी खाद्यतत्व उपलब्ध हुने र फलको गुणस्तरमा पनि वृद्धि हुन्छ।

मलखाद
मलखादको मात्रा माटोको किसिम, माटोको उर्वराशक्ति, स्याउको बोटको उमेर, लगाइने गरेको अन्तरवाली, हावापानी आदिमा निर्भर गर्दछ। बगैंचाको माटो जाँच गरी खाद्यतत्वको अवस्था अनुसारको मल प्रयोग गर्नु उचित हुन्छ। साधारणतया स्याउ बगैंचा प्रयोग गर्नु पर्ने मलखादको मात्रा निम्न अनुसारको रहेको छ।

 

सिँचाइ र गोडमेल
स्याउमा चिस्यानको कमीका कारण फलर फुल झर्ने समस्या देखिन सक्छ।खासगरी वैशाख, जेठ, आषाढ महिनामा यदि बढी सुख्खा लागेमा ८-१० दिनको फरकमा सिँचाइ दिइराख्नु पर्दछ । सिँचाइगर्दा बोटको २ फिट गहिरो भागको माटो नभिजे सम्म पानी दिई रहनुपर्दछ। वर्षाद शुरु भएपछि झारपातको समस्याले सताउने हुँदा झारपात नाशक विषादी वा गोडमेल गरिरहनु पर्दछ।

स्याउको फल टिप्ने
फल पूर्ण परिपक्क भएको अवस्थामा टिप्नु पर्दछ। परिपक्क स्याउले बजार मूल्य राम्रो पाउने गर्दछ। फल नपाकी टिपेको खण्डमा फल सानो,अमिलो,रंग नचढेको तथा स्वाद राम्रो नभएको हुन्छ। यसै गरी बढी पाकेपछि स्याउ टिपेमा स्याउ फल बोटबाटै झर्ने, रंग फिक्का हुने स्याउ स्वादिलो नहुने तथा स्याउमा वाटर कोर तथा बिटर बिट जस्ता विकृतिहरु देखापर्दछ।

ग्रेडिङ र प्याकिङ
फल टिपि सकेपछि फल छानी ग्रेडिङ गरी काठको बाकस वा कार्टुनमा प्याक गरी बजारमा बिक्रि गर्न लग्नुपर्दछ वा भण्डारण गर्नु पर्दछ।

किराहरु
स्याउमा लाग्ने प्रमुख किराहरु निम्नानुसार रहेका छन्।
१. सेतो भुवादार लाही किरा स्याउको कलिलो मूना, हाँगाहरुमा सेतो भुवाले ढाकेको जस्तो हुन्छ। यसले कलिलो भागको रस चुसेर खाएर नोक्सान गर्दछ।

व्यवस्थापनः
किरा शुरुमा देखिएको छ भने सो हाँगाको किरा हातैले कपडा वा बोराको सहयोगमा मार्न सकिन्छ।
– एफिनस माली पनि प्रयोग गर्न सकिन्छ।
– किटनासक विषादी प्रयोग गर्न सकिन्छ।

२. स्याउमा लाग्ने कत्ले किरा यो किराले रुखको मुल स्तम्भ र हाँगाबाट रस चुस्दछ। जसले गर्दा बोट फष्टाउन सक्दैन। साथै फलको पनि रस चुसेर खान्छ।

व्यवस्थापनः
– किरा लागेको र सुकेको हाँगाहरु हटाउने।
– किराको प्रकोप भएको ठाउँमा विरुवा अर्को ठाउँमा नलाने।
– अक्सिडेमिटन मिथाइल मेटासिस्टक्स २० ई।सि। १ मि।ली। प्रति लिटर पानीमा झोल बनाई दुई दुई महिनामा एक पटक छर्ने।

३. पालन बनाउने लार्भा यो झुसिलकिराले साना हाँगाहरुको टुप्पातिरको पातहरु सबैलाई मोडी माकुराको जस्तो जाल बनाएर सुरुमा सुरक्षित हिसाबले बसि पात खाने काम गर्दछ र बोट नै नाङ्गो बनाईदिन्छ।

व्यवस्थापनः
– बगैँचाको सरसफाई गर्ने, जालो लागेको हाँगाहरु काटी जलाउने र स्तनधारी चराहरुको संख्या बढाउन प्रयास गर्ने।

४. गवारो किरा यसले स्याउको बगैंचामा रहेका साना, ठुला हाँगा र जराहरुमा प्वाल पारेर नोक्सान पुर्याउँछ।

व्यवस्थापनः
– किरा लागेको हाँगामा दुलो पत्ता लगाई डाइक्लोरभस (नुभान ७६५ ई।सी।) १० मि।लि। प्रति लिटर पानीको झोलमा वा मट्टीतेलमा कपास चोपलेर प्वाल टाली दिने।

रोगहरु :
१. क्राउन गल माटोको सतह नजिक बोटको जरा र डाँठको जोर्नीबाट ऐजेरु जस्तो पलाउने दाना जत्रो देखि ठुला आकारमा ६ इन्च जति डायमिटर सम्मका हुन्छन्। डल्लो शुरुमा नरम फुस्रो हुने र पछि पुरानो हुँदा कडा र कालो हुन्छ।

व्यवस्थापनः
– रोग देखा परेका विरुवाहरु नष्ट गर्ने।
– रोग नलागेको क्षत्रमा मात्र नर्सरी तयार गर्ने।
– बोट विरुवामा काम गर्दा सकभर घाउ,चोट नलाग्ने गरी काम गर्ने।

२. दाद प्रायः फुलको कोपिलाका पातहरु,डाँठ, तथा फलमा हल्का खैरा दागहरु बन्दछन्। जुन पछि कालो मखमल जस्तो केही उठेका हुन्छन्। रोग लागेका फलहरुका आकार विग्रेका चिरा परेका दाना दागहरुले गर्दा नराम्रो हुन्छन्।

व्यवस्थापनः
– बगैंचा सफा राख्ने।
– बोटमा पात झर्ने बेलामा युरीयाको घोल बोटमा छर्कने।
– म्यानकोजेब ७५५ (डाइथेन एम(४५) वा क्याप्टान ३ग्राम प्रति लिटर पानीमा घोलेर वोटमा फुलका कोपिलाका झुप्पाहरु हरियो बनेका अवस्थामा, फुल फुल्नु अगाडि र फुलको पातहरु झरेपछि फलको चिचिलो अवस्था सम्म १०(११ दिनको फरकमा छर्कने।

३. धुले ढुसीरखराने
यो रोगमा पात कमलो डाँठ फुलका कोपिलाहरु तथा फलमा रोग लाग्दछ। पात सेतो,घुस्रिने हुन्छ।कमलो डाँठ नबढ्ने र फलमा जालो जस्तो हुन्छ।

व्यवस्थापनः
– रोग लागेका डाँठहरु काँटछाट गरी हटाउने।
– फुलको कोपिला बन्न थालेपछि टुप्पोका डाँठहरु आउन्जेल सम्म कार्वेन्डाजिम १-२ ग्राम प्रति लिटर पानीमा हाली वा केराथेन १-२ ग्राम प्रति लिटर पानीमा हाली छर्कने।

४. गुलाबी रोग

हाँगा विगाका डाँठका सतहमा शरुमा पानीले भिजेका जस्तो दाग बन्दछ।पछि फिका गुलावी रंगका ढुसीका रचनाहरु देखा पर्दछन्।

व्यवस्थापनः
– हिउँदमा रोग लागेका भागहरु काटछाँट गरी हटाउने।
-काटछाँट पछि कपर अक्सिक्लोराइड ५०५ डब्लु पि. ३ ग्राम प्रति लिटर पानीमा हाली छर्कने।
– वोर्डोपेष्टको लेपले काटिएको सतहमा लेपिदिने।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु
आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २७ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • आजबाट देशव्यापि रुपमा मतदाता सचेतना अभियान सुरु
  • २०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
  • २०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • आज विश्व प्रेम दिवस मनाइदै, के हो यसको महत्व र इतिहास ?
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.