• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • ८ घण्टा 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • १० घण्टा 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • १२ घण्टा 

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्
  • १५ घण्टा 

आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने
  • १५ घण्टा 

२०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १ दिन 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १ दिन 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • २. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ३. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ४. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ७. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ८. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ९. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • १०. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

जानकारी केन्द्र २०८३, जेष्ठ, ३

काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु हुँदैछ । आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ । एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताए ।

चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिनुभएको छ । जसमा भनिएको छ,

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले, कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री पोखरेलले बताए ।

क्षयमास कार्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कार्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ ।

क्षयमास हुने वर्ष दुई अधिकमास नियमित समेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ ।

सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुँदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेला गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?
मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्छन् । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको सुरुआत गर्नु नहुने नियम रहेको पनि उनले बताए ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश जस्ता कर्म गर्नु हुँदैन । यसैगरी, गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

ताजा

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.