• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • ८ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • ९ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • १३ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • १५ घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • १६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १७ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

  • २. २०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

  • ४. एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

  • ५. आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

  • ६. गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

  • ७. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ९. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र : को–कोबीच हुँदैछ प्रतिस्पर्धा ?

जानकारी केन्द्र २०७९, आश्विन, २६

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमा २६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१ मा विभिन्न दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेले युवा नेता किरण पौडेललाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं.१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रवीन्द्र मिश्रलाई उठाएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रमा सिंह र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । थोरै मतले मात्र सिंह विजयी बनेका थिए । काठमाडौं क्षेत्र नं।१ मा विवेकशील साझा पार्टीले शंकर बन्जाडे र राष्ट्रिय स्वतन्त्र पार्टीले पुकार बमलाई उठाएको छ ।

काठमाडौं क्षेत्र नं.२ मा विभिन्न दल र स्वतन्त्र गरी ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का ओनसरी घर्ति, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कुन्ती देवी पोखरेल (उपाध्याय), विवेकशील साझा पार्टीको तर्फबाट धनेज थापा र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोविता गौतमले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं.३ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण बहादुर राई, नेपाली कांग्रेसले सन्तोष चालिसे, नेकपा (माओवादी केन्द्र)ले बद्री प्रसाद बजगाई, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा बिक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं. ४ मा विभिन्न दल र स्वतन्त्र गरी ३५ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले राजन भट्टराई, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले डा। ठाकुर मोहन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले अरुण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं. ५ मा विभिन्न दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट राम प्रसाद उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा। प्रणय शम्शेर राणा रहेका छन् ।

काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ६ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ । यसक्षेत्रमा नेपका एमालेले सवेन्द्र खनाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले भिमसेन दास प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीले विष्णु प्रसाद आचार्य, विवेकशील साझा पार्टीले अजित खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीले शिशिर खनाललाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं.  ७ मा विभिन्न दल र स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेकपा एमालेका श्याम कुमार घिमिरे, सत्तारुढ गठबन्दनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव विक्रम मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली रहेका छन् ।

काठमाडौं क्षेत्र नं . ८ मा विभिन्न दल र स्वतन्त्र गरी १८ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले शिव सुन्दर राजवैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रकाश रिमाल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले जीवन राम श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीले विराज भक्त श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

काठमाडौं क्षेत्र नं. ९ मा विभिन्न दल र स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका छन् । यसक्षेत्रमा नेकपा एमालेले कृष्ण गोपाल श्रेष्ठ, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले कल्पना धमला, राष्ट्रिय प्रजातन्त्र पार्टीले देबेन्द्र प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीले टेक बहादुर पोखरेललाई उठाएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं.१० मा विभिन्न दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेकपा एमालेको तर्फबाट हिमेस केसी, नेपाली कांग्रेसको तर्फबाट राजेन्द्र कुमार केसी, नेकपा (माओवादी केन्द्र)को तर्फबाट अन्जना विशंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बलराम थापा, विवेकशील साझा पार्टीको तर्फबाट सनन श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रदिप विष्ट रहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.