निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन दिने आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गराउन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ। आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् धाँधलीरहित बनाउने सन्दर्भमा आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको छ।
नेपाल सरकार, प्रदेश, स्थानीय तह, अर्धसरकारी तथा सरकारी संस्था अन्तर्गत निकायमा कार्यरत कर्मचारीले आचारसंहिता विपरीत काम कारबाही गरेको अवस्थामा सो को जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति लगायत सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय भएको उहाँको भनाइ छ।
आयोगले कुनै पनि कर्मचरीले राजनीतिक दल वा उम्मेदवारको पक्ष, विपक्षमा प्रचारप्रसार वा संलग्न हुने, सामाजिक सञ्जालमा मत माग्ने, पोष्ट एवम् शेयर गर्ने लागयतका गतिविधि आचारसंहिता विपरीत भएकोले सचेत गराउदै आएको छ।
उपरोक्त निर्णय भए बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबी गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्न आयोगको सचिवालयलाई निर्देशन दिइएको छ।
सम्बन्धित समाचार
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

