संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई मन्त्री कुँवरको आग्रह
२३ कात्तिक, २०७९, काठमाडौँ : श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । सत्ता गठबन्धनका तर्फबाट अछाम जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका मन्त्री कुँवरले अहिलेको गठबन्धन नै देशको समृद्धिका लागि बनेकाले सबै मतदाताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन अनुरोध गरेका हुन् ।
अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ७ को नन्देगडा र वडा नम्बर ६ को शोडसामा भएको चुनावी सभामा बोल्दै उनले जिल्लाको चौतर्फी विकासका लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताएका छन् । साथै उनले ग्रामीण क्षेत्रको विकास नै देशको विकास भएकोले गाउँघरको विकासका लागि विशेश जोड् दिने बताए । उनले भने, ‘गाउँको विकासमा लागि निरन्तर खट्ने छु । यसका लागि गठबन्धनलाई जिताउँनुहोस् । मेरो काम भनेको अछाम जिल्लाको चौतर्फी विकास गर्नु हो । तपाईँ गठबन्धनलाई भोट दिनुहोस्, हामी जिल्लाको समस्यालाई बुझेर काम गर्ने छौं ।’
जिल्लाको स्वास्थ,शिक्षा,सडक,संचार सरसफाइ र खानेपानीको क्षेत्रमा आफ्नो पहलमा भए गरेका बिकासको स्मरण गराउदै मन्त्री कुँवरले सुखी र समृद्ध अछामको सपना पूरा गराउन साझा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलार्इ जिताउन सबै मतदातालाई आग्रह समेत गरेका छन् । मेल्लेख गाउँ पालिका वडा नम्बर ७ को नन्देगडा र वडा नम्बर ६ शोडसामा भएको चुनावी सभामा बोल्दै नेपाली काग्रेशका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोबिन्दबहादुर शाहले सबै पार्टीका नेता कार्यकर्ता इमान्दार भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन पहल गर्नु पर्ने बताए
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


