Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

रामेछापमा दुई युवामाथि कुटपिट

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, मंसिर, ४
रामेछापमा दुई युवामाथि कुटपिट

काठमाडौँ । रामेछापको रामेछाप नगरपालिका–८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा दुई युवामाथी कुटपिट भएको छ । २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदी कुटपिट भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।

चारजनाको समूहमा आएको मानिसहरूले उनीहरूलाई कुटपिट गरेको बताइएको छ । घाइतेहरुको खुट्टा र टाउकोमा चोट लागेको छ । पीडितहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स