काठमाडौंको कुन निर्वाचन क्षेत्रमा को कति मतसहित भए निर्वाचित ?
काठमाडौं । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत काठमाडौं क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरेका हुन् । पराजित रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम १५ हजार २२९ मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मणिराम फुयाललाई ३ हजार ६७४ मतान्तरले पराजित गरेकी हुन् । पराजित मणिराम फुयालले ११ हजार ५५५ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे १५ हजार १५८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार कृष्णबहादुर राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गरेका हुन् । पराजित कृष्णबहादुर राईले ११ हजार १९६ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा २१ हजार ३०२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गरेका हुन् । पराजित राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल १५ हजार २३७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित ईश्वर पोखरेलले १० हजार १७५ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल ७ हजार ७१५ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान ४ हजार ६४२ मतका साथ दोस्रो स्थानमा छन् ।
काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली ८ हजार ७४३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार श्यामकुमार घिमिरेलाई १ हजार ९४३ मतान्तरले पराजित गरेका हुन् । पराजित श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरेका हुन् । पराजित सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं ९ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार के।सी। १४ हजार ४४८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हिमेश के।सी। लाई २ हजार ६६२ मतान्तरले पराजित गरेका हुन् । पराजित हिमेश के।सी।ले ११ हजार ७८६ मत ल्याएका छन् ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


