यथास्थितिको नेतृत्वले मुलुक चल्दैन, युवा विद्रोहको भाषा समयमै बुझौंः कांग्रेस नेता
काठमाडौं । बर्दिया १ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले यथास्थितिको नेतृत्व मुलुक चल्न नसक्ने बताएका छन् ।
‘यसपटकको निर्वाचनमा हामीले सोचेजस्तो परिणाम आएन । हामीले जनतालाई विश्वासै दिलाउन सकेनौं । जनता दलहरुप्रति आश्वस्त देखिएनन् । तर जे जस्तो परिणाम आयो, त्यसभित्रै हामीले सुधार्ने, परिवर्तनको अनुभूति दिलाउने वा नयाँ सम्भावनाको खोजी गर्नुको विकल्प छैन । यथास्थितिमा मुलुक अघि बढ्न सक्दैन,’ नेपाली रेडियो नेटवर्क एनआरएन को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भने ।
उनले चुनावमा युवा विद्रोहको भाषा अभिव्यक्त भएको पनि बताए । गौतमले थपे, ‘मुलुकले अब निकास खोजेको छ । त्यसमा हामी गम्भीर हुनैपर्छ । समयमै युवा विद्रोहको भाषा बुझ्नुपर्छ । आफूलाई सुधार गर्नैपर्छ । एक्सन र रिजल्ट ओरिएन्टेड हुनैपर्छ । नत्र नराम्रो परिस्थिति आउँदैछ मुलुकमा ।’
कांग्रेसबाट को प्रधानमन्त्री हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा गौतमले भने, ‘धेरै हाइपोथिटिकल प्रश्नमा नजाऊँ । सरकार गठबन्धन दलकै नेतृत्वमा बन्छ । गगन थापा वा शेखर कोइराला को हुन्छ, समयले बताउला । प्रधानमन्त्री वा मन्त्री जो पनि बन्न सक्ला । तर अब पनि युवाको नैराश्यता चिर्न सकेनौं भने हामी संकटमा पर्छौं । मुलुकको राजनीति कुन कोर्समा जान्छ, यसै भन्न सकिँदैन ।’
उनले आफ्नो क्षेत्रको विकासका लागि इमानदारीका साथ कोसिस गर्ने पनि बताए । गौतमले भने, ‘मैले बर्दियामात्र होइन, मुलुककै लागि काम गरेको छु । क्षेत्रगत रुपमा कृषि र पर्यटन मेरा प्राथमिकता हुन् । किसानले समयमै मल, बिउ, पानी, बजार पाउँदैन भने के विकास हुन्छ रु मेरो क्षेत्रमा सुकुम्बासी, नदी कटान, नाकाको समस्या छन् ।’
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

