• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
  • ६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ७ घण्टा 

२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १९ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • २१ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • २३ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • २३ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ४. इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत

  • ५. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • ६. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ७. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • ८. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ९. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • १०. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

राष्ट्रपति र प्रधानमन्त्री दुवै पद कांग्रेसले लिन सक्छः गोपालमान श्रेष्ठ

जानकारी केन्द्र २०७९, मंसिर, १८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने अन्तर्घातीलाई छानबिनपछि कारबाही गरिने बताएका छन् ।
‘यसपालि कांग्रेस पराजित होइन, पहिलो पार्टी बनेको छ । यसलाई सफलता नै मान्नुपर्छ । सन्तोष नै मान्नुपर्छ । ९१ सिटमा ६५ भन्दा बढी सिट जित्ने आकलन गरेका थियौं । जित्नुपर्ने केही साथीहरुले हारे । पहिले जितेका ११ ठाउँमा पनि हारेका छौं । ती ठाउँमा पार्टीकै साथीहरुले सहयोग गरेनन् भन्ने कुरा छ । अब अनुगमन रिपोर्ट आउँछ, अनि छानबिन गरेर अनुशासन कमिटीले कारबाही गर्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।
२०७४ सालको निर्वाचनमा अन्तर्घात गरेका सबैलाई अनुशासन समितिले माफी दिएका कारण यस्तो अवस्था आएको पनि उनले बताए । श्रेष्ठले भने, ‘मैले अनुगमन र अनुशासनको जिम्मा अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना भनिसकेको छु । साथीहरुले पार्टीमा जे गरे पनि हुँदो रहेछ, भन्ने सोच्नुभयो होला, तर त्यसमा छानबिन हुन्छ । यो पार्टी हो, एनजीओ होइन । बीचमा बागी उम्मेदवारी दिनेलाई पनि कारबाही भयो । अन्तर्घातीलाई कारबाही हुन सकेको भए हाम्रो स्थिति सुदृढ हुन्थ्यो ।’
उनले गठबन्धनले बहुमत जुटाउने र कांग्रेसको नेतृत्जमा सरकार बन्ने पनि औंल्याए । श्रेष्ठले भने, ‘हामीले १३८ कटाउँछौं । जसपा फेरि गठबन्धनमै आउँछ । सरकारमा मैले फेरि पनि शेरबहादुरजीकै नेतृत्वको आवश्यकता देखेको छु । यो हाम्रो मात्र नभएर मुलुककै आवश्यकता हो । भरिसक्य देउवालाई नै सर्वसम्मत गराउँछौं । प्रतिस्पर्धा गराउँदा पनि उहाँ नै विजयी हुनुहुनेछ ।’
कांग्रेसमा फेरि पनि देउवा प्रधानमन्त्री हुने भए त्यसका आकांक्षी रामचन्द्र पौडेलदेखि गगन थापासम्मको अवस्था के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘रामचन्द्रजीदेखि गगनजीसम्मले इच्छा राख्नुभएको छ, चर्चामा आउनुभएको छ । गगनले इच्छा राख्नु, हिम्मत र आँट गर्नु राम्रो कुरा हो । महामन्त्री हुनुहुन्छ, उहाँसँग अझै समय छ । विचार दिन सक्ने नेता पनि हो । रामचन्द्रजी मेरो मित्र हो, छिमेकी हो । उहाँलाई मैले १७ चोटिसम्म भोट हालेको पनि हो । प्रचण्डले राजीनामा गरेपछि उहाँ हुनुुपर्थ्र्यो । दलको नेता हुनुहुन्थ्यो । तर अहिले पनि उहाँको अवस्था देखेको छैन । तैपनि उहाँलाई मेरो शुभकामना छ ।’

देउवापछि प्रचण्ड प्रधानमन्त्री हुने पनि उनले औंल्याए । श्रेष्ठले थपे, ‘प्रचण्डजी पनि प्रधानमन्त्री बन्नुहुन्छ । तर पहिलो चरणमा प्रधानमन्त्री हुने देउवा नै हो । पछि प्रचण्ड र माधव नेपाल दुई वर्ष र एक वर्ष हुनु सक्नुहुन्छ । अरु पद पनि बाँडफाँड हुन्छन् ।’
उनले गठबन्धनमा सहमति भयो भने राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले पनि लिन सक्ने बताए । श्रेष्ठले भने, ‘राष्ट्रपति र सभामुख गरिमामय पद हो । एकचोटि निर्वाचित भएपछि फेर्न मिल्दैन । त्यसका लागि उपयुक्त पात्र चाहिन्छ । गठबन्धनमा समझदारी भयो भने प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिन पनि सक्छ अथवा माओवादीलाई दिन पनि सकिन्छ ।’

तपाईं राष्ट्रपति हुने सम्भावना छ कि छैन भन्ने धमलाको प्रश्नमा उनले भने, ‘सबै कुरा सरसल्लाहमा हुन्छ । गठबन्धनमा समझदारी भयो भने म राष्ट्रपति हुन नसक्ने कुरा छैन । राष्ट्रपति भनेको मुलुकको हुने हो, पार्टीका लागि हुने होइन । मुलुकले बनायो भने म बन्न सक्छु ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
कस्तो छ आजको मौसम पूर्वानुमान ?
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

ताजा

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.