गठबन्धन टुटाउने जनादेश छैनः माधव सापकोटा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले आफ्नो पार्टीको शक्ति नघटेको दाबी गरेका छन् ।
‘गठबन्धनमा जाँदा माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा ४७ सिट उठाएको हो । हामीले सोचेजस्तो सिट जितेनौं । समानुपातिकमा हामीले २०७४ भन्दा थोरै मात्र गुमाएका हौं । हामीले भन्दा ज्यादा एमाले र कांग्रेसले गुमाएका छन् । समानुपातिक मत बढाउन नसक्नु हाम्रो कमजोरी हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सापकोटाले भने ।
ग्रामीण इलाकामा माओवादीको जनाधार नगुमेको पनि उनले बताए । सापकोटाले भने, ‘हाम्रो जनाधार ग्रामीण इलाकामा हो । त्यो यथावत् छ । सहरमा हाम्रो जनमत पहिले पनि थिएन । सहरमा नाम्लो बोक्ने, ठेलागाडा चलाउने मजदुर, किसान पनि गाउँकै मतदाता हुन् । सहरमा हुनका लागि अब के गर्ने रु त्यो सोचनीय छ ।’
प्रधानमन्त्रीका निम्ति गठबन्धन नफुट्ने पनि उनको दाबी छ । सापकोटाले थपे, ‘गठबन्धन फुट्दैन । जनताको म्यान्डेट पनि त्यो होइन । केपी ओलीमा कमजोरी सुधार्ने, रुपान्तरण गर्ने र कम्युनिस्ट एकता गर्छु भन्ने कुनै गुन्जायस देखिँदैन । छलछाम, षड्यन्त्रमा अलमिलएकाले एमालेसँग तत्काल सहकार्य सम्भव छैन ।’
साथै सापकोटाले गठबन्धन कतिपय ठाउँमा प्रभावकारी हुन नसकेको पनि बताए । उनले भने, ‘कतिपय ठाउँमा राम्रो परिचालन भएन । समाज विकेन्द्रित र स्वच्छन्द हुँदै गएको छ । एकले अर्कोलाई नस्वीकार्ने अवस्था पनि छ । नेपाली कांग्रेसमा चेन अफ कमान्ड नै नहुँदो रहेछ । पार्टीले भनेको ठाउँमा भोट हाल्नुपर्ने बाध्यता नहुँदो रहेछ ।’
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


