रौतहटमा विप्लव माओवादीले जलाए ट्रक- जाकारी केन्द्र
रोशन पोखरेल
भारतिय नाकाबन्दीको विरोधमा आन्दोलनमा उत्रिएको विप्लव माओवादीका कार्यकर्ताले रौतहटको चन्द्रनिगाहपुर स्थित चादी खोलाको किनारमा एक ट्रकमा आगजनी गरेका छन। भारतिय नाकाबन्दी र समस्या समाधानमा सरकारले देखाएको उदासिनताको विरूद नेपाल बन्द आहवान गरेको विप्लव माओवादीले आज विहान महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आगजनी गरेका हुन। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक मनोज कुमार यादवका अनुसार आज विहान भएको अप्रिय घटनाका कारण सवारी साधनहरू सुरक्षाका दृष्ट्रिकोणले चन्द्रनिगाहपुरमै रोकेर राखिएको छ। राजमार्गमा रोकेर राखीएको सवारी साधनहरूमा यात्रुवाहक बस, मालवहक ट्रक एवम इन्धन बोक्ने ट्रङ्कर रहेका छन।