नायक शाहरुख खानको फिल्म ‘पठान’ले रिलिज अगाडि नै कमायो १४.६६ करोड
एजेन्सी । बलिउड नायक शाहरुख खानको फिल्म ‘पठान’ले रिलिज अगावै १४ . ६६ करोड रकम कमाएको छ । फिल्म जनवरी २५ तारिखमा रिजिल हुँदैछ । अहिले फिल्मको बुकिङ तीव्ररुपमा भइरहेको छ ।
फिल्मको टिजर रिलिज भएदेखि फ्यानहरुका लागि फिल्म प्रतिक्षाको विषय बनेको हो ।
फिल्मको पहिलो गीत ‘बेसरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो। गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लागेको थियो।कतिपयले हिन्दुहरुको भावनामा चोट पुर्याउने समेत बताएका थिए।
मन पर्ने नायकलाई पर्दामा हेर्न शाहरुखका फ्यानहरु हजारौं मूल्यमा टिकट बुक गरिरहेका छन्। २० जनवरीबाट अग्रिम बुकिङ सुरु भएदेखि फिल्मको टिकटको मूल्य पनि आकाशिएको छ। तर पनि शाहरुख खानका फ्यानहरु उनलाई पर्दामा हेर्न आतुर छन्।
गुरुग्रामको एम्बियन्स मलमा पठानको टिकट २४००, २२०० र २००० रुपैयाँमा बिक्री भइरहेको छ। महँगो टिकट भए पनि सबै शो खचाखच भरिएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीको केही मल्टीप्लेक्समा टिकट २१०० रुपैयाँमा बिक्री भइरहेको छ। यसको साथै बिहानी शोको टिकट एक हजार रुपैयाँ पनि बिक्री भइरहेको बताइको छ।
तर, महंगो टिकट बाबजुद पनि फिल्म पठानका लागि अग्रिम बुकिङले रेकर्ड तोडिरहेको छ। ‘पठान’को हिन्दी र तेलुगु संस्करणको टिकट सबैभन्दा बढी बिक्री भइरहेको छ ।
फिल्ममा शाहरुख खानको फरक अवतार देखिनेछ। शाहरुखले आफ्नो फरक अवतार देखाउन निकै मेहनत गरेका छन्।
पठानमा शाहरुख अभिनेत्री दिपीका पादुकोणसँग रोमान्स मुडमा देखिनेछन्। अर्का अभिनेता जोन अब्राहम पनि मुख्य भूमिकामा रहेका छन्।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
