• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १२ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १४ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १५ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १७ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १८ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • २० घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • २० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित

जानकारी केन्द्र २०७९, माघ, १८

काठमाडौँ । उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा सङ्कटमा पर्दै गएको बताए । उनि भन्छन्, “बर्सेनि मौरीको महका लागि बगैँचा, फूलको अभाव छ, अर्कातिर कृषकले रासायनिक मल, विषादी प्रयोग गरेर खेती गर्दा अधिकांश मौरी विषादीले मर्ने गरेका छन् ।”

सिद्धिपुरका दीपक मगरले विभिन्न कारणले मौरी मासिन थालेको छ भन्छन् । त्यसैले मौरीका घार रित्तिने सम्भावना बढेको उनको भनाइ छ । चौदण्डी नगरपालिकाको रानीबास, बबला, सावासिद्धपुर क्षेत्रमा चार वर्षयता झन्डै ६ सय आधुनिक घार मौरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ । कृषकले सोचेजस्तो मह उत्पादन गर्न नसक्दा व्यावसायिक रुपमा घाटा ब्यहोर्नु परेको रानीबासका कृषक देवराज बिष्टको गुनासो छ ।

बेलका क्षेत्रका ४० कृषकले झन्डै सात सय ५० घार मौरीपालन गरेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बताउछन् । प्रमुख कार्कीका अनुसार मौरीको चर्ने तथा मह सङ्कलन गर्ने स्थान, रूख बिरुवा, तरकारी, तोरी खेतीमा विषादी प्रयोग गर्दा मौरी मर्ने वा मासिने कारण कृषकले सोचेजस्तो फाइदा लिन सकिरहेका छैनन् ।

कार्कीले अहिले नगरपालिका जिल्लाकै व्यावसायिक मौरीपालनमा अब्बल रहेको दाबी गरे । बेलकामा परम्परागत डुडेमौरी पालन परिवर्तन गरेर धेरै कृषकले आधुनिक घारेमौरी सुरु गरेको स्थानीय सुजनकुमार बिष्ट बताउछन् । कटारी नगरपालिकाको रिस्कु, सिरीसे, हर्देनी, सोरुङछबीसे क्षेत्रमा व्यावसायिक रुपमा मौरीपालन बढेको छ ।

कटारी रिस्कुका ६८ वर्षीय कृषक धनबहादुर खत्री २०६७ सालदेखि आफू निरन्तर मौरीपालन पेसामा रहेको बताउछन् । मौरी मासिने क्रम बढ्दै गएपछि सोचेजस्तो मह उत्पादन गर्न नसकिएको उनको अनुभव छ ।

मध्यपहाडी क्षेत्रको उदयपुरगढीको भलायाँडाडाँ, डुम्रे र रौतामाई गाउँपालिकाको रौता, मुर्कुची, बोलुङखा, भुटार, नामेटार र मलबासे क्षेत्रका कृषकले पनि यस्तै समस्या भोगेको उनीहरुको भनाइ छ ।

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार २०७४ सालसम्म जिल्लामा पाँच सय घार डुडे र चार सय जति घारे मौरीघार थियो । अहिले जिल्लामा सात सय घारसम्म परम्परागत डुडें मौरीपालन र झन्डै एक हजार एक सय आधुनिक मौरीपालन घार रहेको कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउछन् । बेलका नगरपालिका सेतीखोलाका कृषक कृष्णप्रसाद ढुङ्गानाले तीन वर्ष अघिसम्म आधुनिक मेलिफेरा मौरीको एक घारमा एक वर्षमा १५ देखि २० केजीसम्म मह आफूले उत्पादन गर्न सफल भएको अनुभव बताउछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कालीमाटीमा आज कुन तरकारीको मूल्य कति छ ?
नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात
अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.