प्रधानमन्त्री प्रचण्डलाई निम्तो नदिई स्वदेश फर्किए भारतीय विदेश सचिव क्वात्रा
काठमाडौं । भारतीय विदेश सचिव प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिई फर्किएका छन् । नयाँ सरकार बनेपछि पहिलोपटक भारतीय विदेश सचिवको हैसियतमा नेपाल आएका विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग औपचारिक भेटवार्ता गरे पनि भारत भ्रमणको निम्तो नदिएर फर्किएका हुन् ।
दुई दिने औपचारिक भ्रमणमा आएका विदेश सचिव क्वात्रा विदेश सचिवस्तरीय बैठकमा आएको भनिएपनि उनी सोमबार र मंगलबार राजनीतिक भेटघाटमा व्यस्त भए । क्वात्रा नेपाल भ्रमणमा आउँदा ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा सन्देश बोकेर आउँछन्’ भन्ने आकलन थियो ।
तर, विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग औपचारिक छलफल गरे र दुई पक्षीय हित विषयमा मात्रै कुरा गरे । भ्रमण विषयमा उचित वातावरण तय भएपछि मिति तय हुने भारतीय पक्षले जनाएको छ । त्यसो त, प्रधानमन्त्री प्रचण्ड नियुक्तिलगतै भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने बताएका थिए ।
नजिकको छिमेकी मुलुक र त्यसमा पनि खुला सीमा रहेको भारतसँगको सम्बन्ध सुधार हुन नसके राजनीतिक अप्ठ्यारो पर्नसक्ने भएका कारण पनि हरेक सरकार गठन ओएलगतै भारतले पहिलो भ्रमणको निमन्त्रणा दिने गरेको छ । तर यस पटक भने विदेश सचिव क्वात्रा भ्रमणको निम्तो नदिई फर्किएका छन् ।
नेपालमा आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनले सरकार फेरबदल हुने आशंकाबीच भारतले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निमन्त्रणा नदिएको हुनसक्ने कतिपयको आकलन छ । भोलिको राजनीतिक परिदृश्य मात्रै भारतले प्रचण्डलाई भ्रमण निम्तो दिने संकेत गरेको हो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
