राष्ट्रपतिमा ओलीले बादललाई अघि सार्ने, प्रधानमन्त्री प्रचण्डले के गर्लान् ?
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रपतिमा रामबहादुर थापा ‘बादल’ लाई अघि सार्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बादलको नाममा माओवादी पनि सहमत हुने भएपछि उनलाई अघि सार्ने तयारी गरेको विश्वस्त स्रोतको दाबी छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सार्ने बताईरहेको बेला ओलीले बादललाई अघि सारेर उनको नाममा सहमति गर्न खोजेका छन् । ओलीले बादलको नाम लिएपछि प्रचण्ड पनि सोच्न बाध्य भएका छन् ।
बादल प्रचण्डका पूर्व सहयोद्धा हुन् । नेकपामा विभाजन हुँदा बादल प्रचण्डको साथ छोडेर ओलीको कित्तामा उभिएका थिए । अहिले संसदीय राजनीतिमा निष्क्रिय बसेका बादललाई ओलीले सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालसँग बादलको जनयुद्धकालमा सुमधुर सम्बन्ध थियो । बादललाई राष्ट्रपति बनाउँदा जनजाति आन्दोलनको पनि न्याय हुने भएकोले उनको नाममा प्रचण्डले पनि सहमति जनाउने अड्कलबाजी भएको छ ।
राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खट्पट् सुरु भएको अनुमान छ । प्रधानमन्त्री दाहालले २६ पुषमा विश्वासको मत लिँदै गर्दा नेपाली कांग्रेसको पनि मत पाएका थिए । संसद्मा अभूतपूर्व मत पाएपछि दाहालले राष्ट्रपतिमा सबै दलको साझा व्यक्तिको खोजी गरेका छन् ।
दाहालले राष्ट्रपतिमा साझा सहमति खोज्ने अभिव्यक्ति दिएपछि एमाले नेतृत्व बिच्किएको छ ।
एमाले अध्यक्ष ओलीले भने कुनैपनि हातमा एमालेकै उम्मेदवारकै नाममा सहमति हुनुपर्ने अडान लिएका छन् । राष्ट्रपतिको निर्वाचनमा माओवादी निर्णायक छ । उसले कांग्रेस वा एमाले जसको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने सम्भावना रहेको छ । ओलीले आज÷भोलिभित्रै बादललाई बालुवाटार लगेर प्रचण्डसँग छलफल गर्ने तयारी भएको पनि स्रोतको दाबी छ ।
देउवाले प्रचण्डसँग राष्ट्रपतिको लागि रामचन्द्रको नाम लिए, ओली महन्थ र अशोक राईसँग छलफलमा
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

