विश्वकप क्रिकेट लिग- २: पिएनजीलाई ९ हराँउदै नेपालको कीर्तिमानी जित
काठमाडौँ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा पिएनजीविरुद्धको खेलमा नेपालले कीर्तिमानी जित निकालेको छ। जितसँगै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन अब एक जित मात्रै टाढा छ। नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य १ विकेट गुमाएर २५४ बल बाँकी हुँदै पूरा गर्यो।
पिएनजीविरुद्धको जारी सिरिजको अन्तिम खेलमा नेपालले ९ विकेटको जित निकालेको हो। यो नेपालले विकेट अन्तरमा निकालेको सर्वाधिक फराकिलो जित हो। यसअघि नेपालले १२ फेब्रअरी २०२० मा युएसएविरुद्ध ५.२ ओभरमा नै २ विकेट गुमाएर ३६ रनको लक्ष्य पूरा गरेको थियो।
नेपालको जितमा आसिफ शेखले नवौँ एकदिवसीय अर्धशतक पूरा गरे। उनले २१ बलमा ५३ रनको अविजित इनिङ खेल्दा कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाएका थिए। त्यस्तै, कुशल मल्लले १३ बलमा १२ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको थियो। पिएनजीका लागि कप्तान असद भालाको २० रन सर्वाधिक रह्यो।
त्यस्तै, सेसे बाउले १८ रन बनाउँदा चार्लिस अमीनीले १६ तथा हिरीहिरीले १४ रन बनाए। ओपनर किप्लिङ २ रनमा आउट हुँदा रिले हेकुरे ४ रनमा आउट भए। त्यस्तै, नोर्मन भनुवा १० बल खेल्दै शून्य रनमा पेभिलियन फर्किएका थिए। नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले २-२ विकेट लिए। त्यस्तै, सोमपाल कामीको नाममा १ विकेट रह्यो।
सम्बन्धित समाचार
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

