• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

दमौली । पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ ।

तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरमा प्रधानमन्त्री क्रिकेट कप खेलिसकेका छन् । क्रिकेटखेलतर्फ आकर्षण बढेपनि जिल्लामा क्रिकेटको पूर्वाधार नहुँदा खेलाडी निराश छन् ।

तनहुँ क्रिकेटका कप्तान चन्द्रकान्त पौडेलले भने, “क्रिकेटमा खेलाडीको बढ्दो आकर्षण भए पनि क्रिकेट खेल्नका लागि मैदान छैन । यो दुःखद् पक्ष हो ।” पूर्वाधार अभावकै कारण कतिपय खेलाडीले आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएको पौडेलको गुनासो छ । “तनहुँ जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान छैन, सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको जस्तो देखिन्छ,” उनले भने, “हामीले कहिलेकाहीँ प्रतियोगिता गर्दा अहिले जस्तो मैदान छ त्यस्तैमा गरिरहनुपरेको छ ।”

दमौली पेलिकन्स क्लबले बेलाबेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ । खेल मैदानकै अभावमा क्लबले व्यास नगरपालिका–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ ।

“क्रिकेटमा राम्रो सम्भावना छ, तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ”, पौडेलले भने । तनहुँका क्रिकेट खेलाडी समीर कँडेलले खेल्ने वातावरण भए आफूहरुले राम्रो खेल्न सक्ने बताए । “पूर्वाधारको अभावमा पनि तनहुँ क्रिकेटमा अगाडि बढ्दैछ, पूर्वाधार निर्माण गरिदिए हामी राम्रो खेल्न सक्छौँ,” कँडेलले भने, “पूर्वाधार निर्माणमा सरोकारवालाले ध्यान पु¥याइदिए हुन्थ्यो ।”

क्रिकेट खेलमा तनहुँले पछिल्लो समय प्रगति हासिल गर्न थालेको छ । तनहुँले हालसम्म दुई पटक उपाधि जितेको छ भने एक पटक उपविजेता भएको छ । यस वर्षको सुरुमा तनहुँले बागलुङमा सम्पन्न प्रतियोगितामा विजेता बन्दै रु एक लाख नगद जित्न सफल भएको थियो । त्यस्तै, प्रधानमन्त्री कप क्रिकेट छनोटमा तनहुँ गण्डकी प्रदेशको विजेता बनेको थियो । साथै, केही हप्ता अगाडि गैँडाकोटमा सम्पन्न मेयर कप क्रिकेट प्रतियोगितामा तनहुँ उपविजेता बन्न सफल भयो । पछिल्लो नौ खेलमा अपराजित रहेको तनहुँले गैँडाकोटमा भएको मेयर कपको फाइनलमा चितवनसँग मात्रै हार बेहोरेको थियो ।

यसअघि तनहुँले बागलुङलाई दुई, कास्कीलाई एक, नवलपुरलाई दुई, स्याङ्जालाई दुई, पर्वतलाई एक पटक पराजित गरिसकेको छ । तनहुँमा क्रिकेटतर्फ आकर्षण बढेपनि पूर्वाधार अभावका कारण खेलाडीमा निराशा उत्पन्न हुनु स्वभाविक ठान्छन् क्रिकेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठ । तनहुँमा व्यवस्थित क्रिकेट मैदान निर्माण गर्नेतर्फ क्यानले सोचेको श्रेष्ठले बताए ।

“क्रिकेटतर्फ निकै आकर्षण छ, क्रिकेटले नै नेपालको नाम राख्न सफल भएको छ”, श्रेष्ठले भने, “तनहुँमा क्रिकेट मैदान नभएर ठूलो समस्या परिरहेको छ ।” क्रिकेटको विकासका लागि क्यान तनहुँ लागिपरे पनि मैदानकै कारण सोचेजति विकास हुननसकेको श्रेष्ठले बताए ।

तनहुँमा क्रिकेट मैदान निर्माण गर्नुपर्छ भनेर आफूहरुले प्रदेश तथा केन्द्रमा आवाज उठाउँदै आएको श्रेष्ठले बताए । “ठाउँ खोज्न सकिए प्रदेशले मैदान निर्माणमा सहयोग पर्ने प्रतिबद्धता जनाएको छ, व्यास नगरपालिका–५ को मैदानलाई क्रिकेट मैदान बनाउन सकिन्छ की भनेर वडामा पनि कुरा गरिरहेका छौँ”, श्रेष्ठले भने । पाटनको मैदानमा बेलाबेलामा क्रिकेट खेलाइने गरे पनि त्यसलाई दीर्घकालीन रुपमा नै क्रिकेट मैदान बनाउन वडाको तर्फबाट सहमति भए क्यानले त्यहाँ व्यवस्थित खेलमैदान बनाइदिने श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.