गृहमन्त्रालयमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीको दाबी, प्रधानमन्त्री दाहाल द्धिविधमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि सत्ता गठबन्धनका मुख्य दलका शीर्ष नेताहरु एक चरणमा छलफल बसिकेका छन् । तर, मन्त्रालय बाँडफाँटको विषय पेचिलो बनेको छ । गृह र अर्थ मन्त्रालयमा सत्ता गठबन्धनका प्रमुख दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेपछि मन्त्रालय बाँडफाँटको विषय टुँगोमा पुग्न समय लागेको हो ।
प्रधानमन्त्री दाहालले गठबन्धनमा आवद्ध दश दललाई नै समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । पछिल्लो समय उनले सबैलाई भाग पुर्याउने भन्दै मन्त्रालय फुटाएर २५ वटा पुर्याउनेसम्मको गृहकार्य गरेको कुरा बाहिर आएको छ। नेपाली कांग्रेसले १० मन्त्रालयमा दाबी गरेको छ । सभापति शेरबहादुर देउवाले आज÷भोलिभित्रै पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर नाम टुँगो लगाउने भएका छन् ।
कांग्रेसले गृह र अर्थसहितका मन्त्रालयमा दाबी गरेको छ । प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएकोले माओवादीले गृह र अर्थमध्ये एक मन्त्रालय नछाड्ने अडान लिएका छन् । उता, माधव नेपालले पनि गृह मन्त्रालयमा आफ्नो दलको दाबी पेश गरेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० ले गृहमन्त्रालयमा दाबी गरेपछि मन्त्रालय भागबण्डा चाँडै टुँगो लाग्नेमा आशंका उत्पन्न भएको छ ।
सत्ता गठबन्धनकै मुख्य घटक जनता समाजवादी पार्टी, नेपालले पनि राम्रो मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री दाहाल भने मन्त्रालय भागबण्डा लगाउन आज साँझ गठबन्धनको बैठक बोलाउने तयारीमा छन् । गृह र अर्थमन्त्रालयमा एकभन्दा धेरै दलको दाबी परेपछि प्रधानमन्त्री दाहाल आँफै यतिवेला द्धिविधमा परेका छन् ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था

