लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
काठमाडौं । साङ्ग्रिला मोटर्स प्रा.लि.ले ललितपुरको ’द प्लाजा’ मा आयोजित एक भव्य समारोहका बीच शुक्रबारका दिन नयाँ लिपमोटर बी०३ एक्स प्रो म्याक्स प्रिमियम एसयूभी नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। उक्त समारोहमा अटोमोबाइल क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी तथा गाडी पारखीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कम्पनीले पहिलो १०० जना ग्राहकका लागि यसको विशेष मूल्य रु. ४४ लाख ९९ हजार र त्यसपछिका ग्राहकका लागि रु. ४६ लाख ९९ हजार निर्धारण गरेको छ । यससँगै देशैभरका शोरुमहरूमा गाडीको अवलोकन तथा औपचारिक रूपमा बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, नेपालका विविध सडक तथा भौगोलिक अवस्थालाई सहज रूपमा सामना गर्न सक्ने गरी निर्मित लिपमोटर बी०३ एक्स मा शक्तिशाली १४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५३ किलोवाट–आवर ब्याट्री प्याक रहेको छ, जसले प्रतिचार्ज ५०५ किलोमिटरसम्मको उत्कृष्ट रेन्ज प्रदान गर्छ भने यसमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको आधुनिक तथा प्रविधिमैत्री क्याबिनमा १४.६ इन्चको २.५पे एचडी टचस्क्रिन, १२ वटा स्पिकरयुक्त इमर्सिभ सराउन्ड साउन्ड सिस्टम र सुरक्षित ड्राइभिङका लागि ’लेभल २ एडास’ जस्ता विशेषताहरू समावेश छन्।
कार्यक्रममा बोल्दै साङ्ग्रिला मोटर्स प्रा.लि.का निर्देशक हेमन्त गोल्छाले भने, “बी०३ एक्स को आगमन नेपालको इलेक्ट्रिक मोबिलिटीका लागि एउटा महत्त्वपूर्ण मोड हो । स्मार्ट र दिगो सवारी अनुभवका लागि नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यका साथ हामी नेपाली ग्राहकहरूमाझ यो प्रिमियम एसयूभी ल्याउन पाउँदा उत्साहित छौँ ।”
विश्वव्यापी रूपमा मासेराटी, अल्फा रोमियो र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको बताइएको छ । चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको जनाएको छ ।
सम्बन्धित समाचार
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

