सरकारको साझा न्यूनतम कार्यक्रम भोलि सार्वजनिक गरिने
काठमाडौँ । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ ।
कांग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गरिएको छ ।
खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको नेता रमेश लेखकले बताए । १० पेज लामो कार्यक्रमको मस्यौदा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । संयुक्त सरकारका प्राथमिकतामा ९ वटा प्राथमिकता समेटिएको छ ।
कार्यदलका एक सदस्यले भोलि विहान सत्ता गठबन्धनको बैठक बसेर सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिने बताए । बैठकमा कार्यदलबाट श्रेष्ठले मस्यौदा पेस गरेका थिए । त्यसमाथि मंगलबार साँझ विस्तृत रुपमा छलफल छ । उनले भने, ‘हिजो सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममाथि गम्भीर छलफल भएको छ । भोलि विहान सत्ता गठबन्धनको बैठक बसेर सम्भवत भोलि नै सार्वजनिक गरिन्छ होला ।’
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


