Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

आईपीएल : राजस्थान रोयल्समाथि पञ्जावको रोमाञ्चक जित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, २३
आईपीएल : राजस्थान रोयल्समाथि पञ्जावको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको हो । राजस्थानको यो पहिलो हार हो ।

गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९२ रनमात्र बनाउन सक्यो ।

टस हारेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । पञ्जावका कप्तान शिखर धवनले अविजित ८६ रन बनाएका थिए । प्रभसिम्रन सिंहले ६० रन बनाए ।

राजस्थानका जासन होल्डरले दुई विकेट लिए । युजवेन्द्र चहल र रविचन्द्रन आश्विनले समान एक एक विकेट लिए । १९८ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानका कप्तान सन्जु सामसनले ४२ रन बनाए ।

सिमरोन हेटमायरले ३६, ध्रुव जुरेलले ३२, देवदत्त पडिकलले २१, रियान परागले २१ र जस बटलरले १९ रन बनाए ।​ पञ्जावका नाथन एलिसले चार विकेट लिए भने अर्शदीप सिंहले दुई विकेट हात पारे ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको राजस्थान तालिकाको चौथो स्थानमा छ ।

 

Top Changing Nepal

युट्युब सट्स