वास्तविक किसानले पाउँदैन सुविधा
काठमाडौँ । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् ।
विशेषगरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट तथा ताराखोलाका माथिल्लो भेगका पशुपालक किसान रैथाने जातका पशुचौपाया पाल्ने गर्छन् भने उनीहरुले परम्परागत शैलीनै अपनाएका हुन्छन् ।
चैतकै पहिलो सातादेखि लेक चढ्ने र असोज महिनाको सुरुमै बेँसी झर्ने उनीहरुको परम्परा हो । बँेसीमा पर्याप्त घाँसपात नहुने हुँदा गोठाला लेकमै बस्ने गर्दछन् । लेकमा बस्दा सामान्य गोठ बनाएर किसानले घाँमपानी छेक्ने र रात बिताउने गर्छन् भने भेडाबाख्रालाई खुल्ला आकाशमुिननै राख्ने गर्छन् । जङ्गलका वन्यजन्तुले पशुचौपायालाई आक्रमण गरेर मारी दिँदा किसानले बेलाबेला लाखौँ रकम नोक्सानी पनि बेर्होर्दै आएका छन् । यता सरकारलेलाई बाली तथा पशु बीमा कार्यक्रम ल्याए पनि त्यसले उनीहरुलाई छुनसकेको छैन ।
सौतिस वर्षदेखि भेडापाल गर्दै आउनुभएका निसीखोलाका वीरबहादुर घर्तीले अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नपाएको सुनाउनुभयो । यस क्षेत्रमा एकै परिवारमा एक सयदेखि हजारसम्म भेडाबाख्रा पालन गर्ने गरेका हुन्छन् ।
हरेक वर्ष कृषि तथा पशुपालन किसानका जिल्लामा करोडौँका बजेट आए पनि वास्तविक किसान सेवा लिनबाट बिमुख बनेका छन् । एक हिसाबले धेरै किसानले अव्यवस्थित रुपमा पशुपालन गर्ने गरेको पाइन्छ । घर्तीले समयरसमयमा भेडा बिरामी हुने गरेको सुनाउँदै वनमा पाइने बडिबटी कुटेर खुवाउने गरेको बताए।
अहिलेसम्म पशु अस्पतालबाट औषधि लिएर नखुवाएको उनको भनाइ छ । “धेरै समय वन जङ्गलमै भइन्छ, हिउँ पर्दा बेँसीतिर गइन्छ, त्यसले गर्दा भेडाबाख्रा त्यति धेरै बिरामी परेका छैनन्, पहिले–पहिले बान्ता गर्ने, खोक्ने र झोक्रिने गर्थे, अहिले त्यस्तो समस्या आएको छैन,” घर्तीले भने । उनले भेडाबाख्रा बिरामी हुँदा लेकतिर पाइने गुर्जो गानो मसिनो बनाएर खुवाउनेल गरेको बताए । “१०÷१२ वर्ष पहिले होला बिरामी भएर चालिस वटा भेडाबाख्रा मरेका थिए”, उनले भने।
माथिल्लो क्षेत्रमा पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि आफ्नो मुख्य पेसानै पशुपालन गराएका छन् । निसीखोलाको निसी, भल्कोट, मसालगाउँ, सीप तथा ढोरपाटनको बोबाङ, तमानखोलाको तमानख, खुङ्खानी र नर्जाखानीका अधिकांश स्थानीय परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । मुख्य पेसा नै पशुपालन भएको हुँदा अरुमा यहाँका अधिकांश स्थानीयवासीले अरु पेसालाई प्राथमिकता दिँदैनन् ।
स्थानीय तुलबहादुर बुढा मगरले बाउबाजेले गर्दै आएको पेसा आफूहरुले अङ्गाल्दै आएको बताए । उनले भेडाबाख्रा लेकमा हुँदा गोठ छेउमा राख्ने र बेँसी झर्दा बारीमा राख्ने गरेको बताए। उनले भेडाबाख्रा धेरै हुने हुँदा सबैलाई गोठमा राख्न सम्भव नहुने बताए ।
पहिलेको तुलनामा पछिल्लो समय भेडापालक घट्दै गएको उनको भनाइ छ । बुढा मगरले अहिले १४ वटा गाई, दुई सय भेडाबाख्रा र सात वटा भैँसीपालन गर्दै आएका छन् । अठ्ठाइस वर्षदेखि पशुपालनमा आवद्ध भएको सुनाउने बुढा मगरले अहिलेसम्म वस्तुभाउलाई कुनै पनि रोगको खोप नलगाएको बताए ।
“मान्छे बिरामी पर्दा त अस्पताल गएको छैन, अस्पतालको औषधि ल्याएर खाएको छैन, के को जनावरलाई औषधि खुवाउने रु”, उनले भने, “म साठी वर्ष पुग्न लागे तर अहिलेसम्म अस्पतालमा गएको छैन, भेडाबाख्रा बेलाबेलामा बिरामी भइ मर्छन तर ओखतीमूलो गरेको छैन ।”
जिल्लामा अहिले पनि धेरै किसानलाई आधुनिक प्रविधिले छुनसकेको छैन । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका सूचना अधिकारी केशव अधिकारीले दूरदराजका किसान तथा पशुपालकलाई आधुनिक प्रविधिसँग जोड्ने गरी काम गर्ने बताए । अहिले बर्सेनि किसानका लागि विभिन्न कार्यक्रम आइरहेको भन्दै धेरै किसानले यहाँबाट सेवा लिइरहेको अधिकारीको भनाइ छ ।
“सबै पशुपालक किसानलाई समेट्ने प्रयास गरेका छौँ, भौगोलिक हिसाबले गर्दा नजिकका सेवाग्राहीले सेवा लिनुभएको छ, टाढाबाट पनि केहीले त ल्याउनु भएको छ, केही छुट्नु भएको छ”, उनले भने । उनले भेडीगोठ लेकमा हुने भएकाले समेट्न गाह्रो हुने भएपनि आफूहरुले प्रयास जारी राखेको बताए। “सबैलाई समेटेर सेवालाई थप प्रभावकारी बनाउन हामीहरु निरन्तर लागि रहेका छौँ”, उनले भने ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
