हराउँदै परम्परागत प्रविधि
घोराही। केही वर्षअघि घोराही उपमहानगरपालिका–५ निवासी सावित्रा डाँगी ढिकीमा धानदेखि गहु, जौ, बेसार कुट्नेदेखि जाँतोमा चामल, मकैलगायतको पीठो पिस्ने काम गर्थे । ढिकीमा धान कुटेर बनाएको चामल तथा जाँतोमा पिसेको पीठोबाट बनाएको खाने परिकार स्वादिलो हुने गर्दथ्यो । पूजामा चढाउन चोखो शुद्ध परिकार बनाउन ढिकीमा कुट्नेदेखि जाँतोमा पीठो पिस्ने गर्थे ।
तर, पछिल्लो समय गाउँमा ढिकी तथा जाँतोको विकल्पमा गाउँघरमा विद्युत् पुगेसँगै धान कुट्न, तेल पेल्नदेखि पीठो पिस्न मिल स्थापना भएदेखि ढिकी तथा जाँतो देखिन छोडेको डाँगीले बताए । “पहिले घरमै कुट्न ढिकी र पीठो पिस्न जाँतो थियो । तर अहिले छैनन्”, उनले भने, “अहिले धान कुट्नेदेखि पिसाउनेसम्म प्रायः काम मिलमै गर्ने गरेका छौँ ।” आफ्नो घरसँगै गाउँका प्रत्येक जसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनले बताए ।
विगतमा गाउँघरमा कुटानी र पिसानीको माध्यम नै ढिकी र जाँतो हुने गरेकोमा अहिले ती सामग्री हराएको घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी खिमा घर्तीमगरले बताए । भौगोलिक रुपमा विकट र बत्ती पुग्न नसकेका गाउँमा अहिले पनि ढिकी तथा जाँताको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँहरुमा परम्परागत रुपमा रहेका ढिकी तथा जाँतो हराइसकेको घर्तीमगरले बताए । “पहिले गाउँका सबैजसो घरमा ढिकी र जाँतो हुन्थ्यो । त्यसमै कुटानी तथा पिस्ने काम हुन्थ्यो”, घर्तीमगरले भने, “ढिकीमा कुटेको र जाँतोमा पिसेको खाद्यान्न सामग्री पोसिलो अनि स्वादिलो पनि हुन्थ्यो ।” सजिलोसँगै आधुनिक विद्युतीय मिलको सञ्चालनले परम्परागत ढिकी तथा जाँतोको प्रयोगलाई लोप हुने अवस्थामा पु¥याएको स्थानीय बताउँछन् ।
परम्परागत रुपमा प्रयोग गर्दै आएका ढिकी तथा जाँतो संरक्षण गर्न सके ती सामग्रीको संरक्षणसँगै अत्यावश्यक वस्तु कुटाउन तथा पिस्न काम लाग्ने घोराही उपमहानगरपालिका–१३ निवासी अमृत घर्तीमगरले बताए । “मानिसहरुले काममा सुविधा खोज्दै जाँदा हाम्रा परम्परागत सामग्री ढिकी, जाँतोसँगै चिउरी पेल्ने कोल पनि लोप हुने अवस्थामा पुगेका छन्”, उनले भने “यी सामग्रीको संरक्षण हुन आवश्यक छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


