Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

आईपीएल : चेन्नईमाथि राजस्थानको रोमान्चक जित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, ३०
आईपीएल : चेन्नईमाथि राजस्थानको रोमान्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान शीर्षस्थानमा उक्लिएको छ । बुधबार राति चेन्नईको घरेलु मैदानमा राजस्थानले‍ ३ रनको रोमान्चक जित दर्ता गरेको हो ।

१७६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि ओपनर डेभोन कन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रन बनाए ।

अजिन्क्या राहानेले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १७ बलमा अविजित ३२ रन बनाए । राजस्थानका युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले २र२ तथा सन्दीप शर्मा र एडम जाम्पाले १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । राजस्थानका ओपनर जोस बटलरले ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ्स खेले ।

देवदत्त पडिकलले २६ बलमा ५ चौकसहित ३८ रन बनाउँदा रविचन्द्रन आश्विनले २२ बलमा ३० रन बनाएका थिए । चेन्नईका तुशारदेश पान्डे, रविन्द्र जडेजा र आकाश सिंहले २र२ तथा मोईन अलिले १ विकेट लिए । चेन्नई ४ खेलमा २ जित र २ हारसहित पाँचौँ स्थानमा छ ।

Top Changing Nepal

युट्युब सट्स