प्रधानमन्त्री दाहालद्वारा नेपाली क्रिकेट खेलाडीलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित्र पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् । प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
आजै प्रधानमन्त्री प्रचण्डको निर्देशन बमोजिम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खेलाडीहरुलाई हौसला बढाउन त्रिविस्थित खेल मैदानै पुगेका थिए ।
जित पश्चात् श्रेष्ठले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिँदै जितको खुसी साटेको आचार्यले बताए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
