अभिनेता आशीष ६० वर्षको उमेरमा बने दुलहा
जानकारी केन्द्र
२०८०, जेष्ठ, १२
एजेन्सी । भारतीय अभिनेता आशीष विद्यार्थी ६० वर्षको उमेरमा दोस्रो पटक दुलहा बनेका छन् । आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहिबार विवाह गरेका हुन् । उनीहरुको अदालती विवाह भएको हो ।
भारतीय सञ्चार माध्यमका आनुसार रुपाली फेसन विजनेशमा आबद्ध रहेकी छन् । आशिषले जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा(अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या समेत गरेका छन् ।
आशीषको पहिलो विवाह राजोशी बरुआसँग भएको थियो । वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुको एक छोरा छन् । नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए ।
आशिषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगाली लगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् ।
सम्बन्धित समाचार
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

