Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

ह्रस्व दीर्घबाट डेढ दशकपछि विपना थापाको ‘कम ब्याक’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, जेष्ठ, १५
ह्रस्व दीर्घबाट डेढ दशकपछि विपना थापाको ‘कम ब्याक’

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेको फिल्म हेरेर मनोरञ्जन लिने पुस्ताले विपना थापालाई नचिनेका हुन सक्छन् । विपना अभिनित कतिपय फिल्म युट्युबमा भेटिए पनि पुरानो प्रविधिमा निर्मित फिल्मको चर्को साउन्ड र धमिलो प्रकाशले अहिलेका पुस्ताका दर्शकलाई झट्टै आकर्षण गर्दैन ।

एउटा यथार्थ के हो भने विपना पनि आफ्नो जमानामा अहिलेको साम्राज्ञीजस्तै महँगी नायिका थिइन् । सामाजिक सञ्जाल नहुँदा उनलाई हेर्नकै लागि घण्टौं हिँडेर हलमा पुग्ने दर्शक हजारौं थिए । उनै विपनाले नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गर्ने भएकी छन् । विवाहपछि भारतमै बस्दै आएकी विपनाले चलचित्र ह्रस्व दीर्घबाट आफू पुनः नेपाली चलचित्रमा फर्किन लागेको बताइन् ।

निता ढुंगानाले निर्माण गरेको यो चलचित्रबाट कमब्याक गर्न लागेकी विपना भन्छिन्, ‘मलाई निताले ‘कमब्याक गराइन् । सुटिङको तयारीका साथ केही दिनमै फेरि नेपाल आउँदै छु ।’ तिनै तिनै कलाकार हुन् अशोक शर्मा निर्देशित चलचित्र ‘मितिनी’मा विपना नायिका थिइन् भने विपनाको बाल्यकालको भूमिका निताले निर्वाह गरेकी थिइन् ।

Top Changing Nepal

युट्युब सट्स