८३ वर्षको उमेरमा बाबु बन्न लागेका गॉडफादरका अभिनेता अल पचिनोको प्रेमिका को हुन् ?
एजेन्सी । गडफादर फेम दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुबा बन्न लागेका छन्, जसका कारण उनी चर्चामा छन् । वास्तवमा, अभिनेता र उनको २९ वर्षीया प्रेमिका नूर अल्फाल्लाह चाँडै आफ्नो पहिलो बच्चाको आमाबाबु हुन लागेका छन् ।
टीएमजेडको रिपोर्ट अनुसार, अल पचिनो र नूर अल्फाल्लाह २०२२ देखि सँगै छन् र गत वर्ष अप्रिलमा भेनिसको फेलिक्स ट्राटोरियाको एउटा रेस्टुरेन्टमा पहिलो पटक सँगै देखिएका थिए । त्यसयता दुवै जना प्रायः सँगै देखिएका छन् ।
दम्पतीको पहिलो सन्तानको खबर नूर अल्फाल्लाहले उनीहरूको सम्बन्धलाई आधिकारिक बनाएको केही हप्ता पछि आएको हो । नूर अल्फाल्लाहले पार्टनर अल पचिनोसँग साझा रुपमा शेयर गरेकी हुन् ।
को हुन् नूर अलफल्लाह ?
नूर अल्फाल्लाह सिनेमा प्रशंसकहरूका लागि अपरिचित हुन सक्छिन् । तर उनी आफैं हलिउड रोयल्टीका लागि अपरिचित छैनन् । हेलोका अनुसार, नूर अलफल्लाह एक धनी कुवेती अमेरिकी परिवारबाट फिल्म निर्माता हुनुको साथै ब्यक्तिगत जीवनको कुरा गर्दा उनले यसअघि ७४ वर्षिय इंग्लिस रकस्टार तथा चर्चित गायक मिक जागरसँग डेट गरिसकेकी छिन् । दुवैलाई धेरै पटक सँगै भेटिएको थियो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
