मधेसी मोर्चालाई भारतले दियो यस्तो सुझाव
भारतको निमन्त्रणामा नयाँदिल्ली गएका मधेसी मोर्चाका नेताले नेपालमा भारत विरोधी भावना फैलिनुमा प्रधानमन्त्री केपी ओलीलाई जिम्मेवार ठहर्याएका छन् ।
मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल र विदेश सचिव एस जयशंकरसँग मंगलबार भएको छुट्टाछुट्टै भेटवार्तामा सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संविधान संशोधन प्रस्ताव आफूहरूलाई मान्य नभएको पनि बताए।
भेटमा डोभलले मधेस आन्दोलनका कारण भारत पनि समस्यामा परेको बताएका थिए भने जयशंकरले काठमाडौं गएर एक चरण सरकारसँग वार्तामा बस्न र नभए नयाँ ढंगले अघि बढ्न मोर्चाका नेतालाई सुझाव दिएका थिए। डोभलले मंगलबार साँझ भएको भेटमा मधेसलाई नयाँ संविधानबाट अन्याय भएकोप्रति आफूहरू प्रस्ट रहेको बताएका थिए ।
नेपाल सरकारले संसद्मा पेस गर्ने भनेको संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य छ कि छैन भनी उनले मोर्चाका नेतालाई सोधेका थिए । प्रत्युत्तरमा मोर्चाका नेता महन्थ ठाकुरले सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संसद्मा पेस गरेकै संशोधन प्रस्तावमा आफूहरू सहमत नभएको बताएका थिए ।
अन्नपूर्ण पोष्ट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

