• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

अस्थायी संरचनामा किबी जोगाउनै कठिन

बलेवा । काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किबीका बिरुवा हुर्किरहेका छन् । चार वर्षअघि लगाएका बिरुवाले गत वर्षदेखि फल दिन थालेका हुन् ।

काठ र बाँसका अस्थायी खम्बामा हुर्किएका किबीका बिरुवाले पहिलो वर्ष फल्दा धान्न सकेनन् । गत वर्ष काठ र बाँसका खम्बा भाँचिएपछि बमबहादुरले फलामका खम्बाले बिरुवालाई आड दिने निधो गरे । उनले सोधखोज गर्दा फलामको खम्बा घामपानीमा खुल्ला ठाउँमा रहँदा लामो समय नटिक्ने थाहा पाए । अहिले बमबहादुर सिमेन्टको पक्की खम्बा बनाउने तयारीमा छन् ।

धम्जामा बमबहादुरलाई मात्रै यो समस्या परेको होइन । यहाँका अधिकांश किसानको पाखो बारीमा किबीका बिरुवा लगाइएका छन् । वनजङ्गल नजिकै भएकाले यहाँ काठ र बाँसको समस्या छैन् । काठ र बाँसका खम्बा भाँचिन थालेपछि किसान मर्कामा छन् । “किबी लगाउँदा पक्की खम्बा नभएसम्म लगाउन नहुँदो रहेछ, धेरै वर्ष फल्ने किबीलाई काठ र बाँसका खम्बा कामै नदिने रहेछन्”, बमबहादुरले भने, “पक्की खम्बा नभए फेरिरहनुपर्ने रहेछ ।”

किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालयले किसानको बारीमा पक्की खम्बा कार्यक्रम ल्याएको छ । व्यावसायिक रुपमा किबीखेती गर्ने किसानका लागि पक्की पोल अनुदानमा दिने कार्यक्रम रहेको वडाध्यक्ष कुलबहादुर विकले बताए । वडाले अबका तीन वर्षमा तीन हजार पाँच सय किबीका बिरुवाले फल दिनथाल्ने बताएको छ ।

“हाम्रो योजनाअनुसार चालु आर्थिक वर्षमै एक सय ८५ पक्की खम्बा किसानलाई अनुदानमा उपलब्ध गराउने कार्यक्रम छ”, वडाध्यक्ष विकले भने, “आवश्यकताअनुसार खम्बा उपलब्ध गराउँदै जान्छौँ ।” चिसो मौसम रहेको धम्जामा किबी र दाँते ओखर राम्रो फल्ने गरेको छ । किबी र ओखरलाई प्रोत्साहन गरेर किसानलाई व्यावसायिक खेतीमा लगाइने विकले बताए । अहिले पनि यहाँका किसानले किबीको बिक्रीबाट समान्य घर खर्च चलाउन थालेका छन् ।

किबीको उत्पादन वृद्धिसँगै बजारीकरणको योजना वडासँग छ । फलको स्तरीकरण गर्ने, फुल फुल्ने बेलादेखि नै बोटमा स्तरीकरण गरेर दाना ठूलो फलाउने र प्रतिस्पर्धि बजारमा ल्याउने योजना वडाको छ । यहाँका किसानले अहिले फलिररहेको किबी भने स्थानीय बजारमै प्रतिकिलो रु तीनदेखि चार सयमा बिक्री गर्ने गरेका छन् ।

“एउटा बोटमा ५० किलोसम्म स्तरीय दाना फलाउन सकिँदो रहेछ”, वडाध्यक्ष विकले भने, “हामीले परिणाम पनि बढाउने र निर्यातका लागि बजारको व्यवस्था गर्ने योजनालाई अघि बढाएका छौँ ।” परम्परागत खेतीबाट फलफूल खेतीलाई व्यावसायिक बनाउने काम चुनौतीपूर्ण हुँदाहुँदै पनि परीक्षण भइरहेको उत्पादनबाट किसान सन्तुष्ट रहेको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.