काठमाडौं । संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेल बुवा आमा बनेका छन् । आज अन्तराष्टिय फादर्स डे कै दिन आफू बुवा बनेको संगीतकार पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनीहरूले आफ्नो पहिलो सन्तानलाई जन्म दिएका हुन् ।
संगीतकार पोखरेलले भनेका छन् – “आज इन्टरनेसनल फादर्स डे को दिन मैले बुवा बन्ने सुनौलो अवसर प्राप्त गरेँ यो अवसरको लागि मेरी प्यारी जीवन संगिनी दुर्गा खरेललाई धन्यवाद र मामु बनेकोमा बधाई दिन चाहान्छु, हाम्री प्यारी छोरी (अदिरा) लाई यो सन्सारमा स्वागत गर्न पाँउदा धेरै खुसी लागेको छ साथै डा. चेतना श्रेष्ठ, डा. भोला रिजाल, डा. पदमराज पन्त, डा. कमल थापा, डा. निलम सुबेदि नर्स उषा सिस, नर्स समिला जि, सविता जि लगाएत सम्पूर्ण सहयोगी हातहरु प्रति आभार प्रकट गर्दछौँ ।”