३२ वर्षीय युवाको शव मलेसियामा अलपत्र, रवि भन्छन्- ‘तपाईँको र हाम्रो सपना मरे पनि मर्न दिन्न’
काठमाडौं । जुम्लाको हिमा गाउँपालिका-१ देवारगाउँ घर भएका अन्दाजी ३२ वर्षीय युवाको शव मलेसियामा अलपत्र परेको छ । आर्थिक जोहो गर्न मलेसिया गएका रातो दमाईंका छोरा मयलाल परियार (दमाईं) को शव मलेसियामा अलपत्र परेको हो ।
२०७० सालमा साउन १९ गते उनी वैदेशिक रोजगारीका क्रममा नेपालबाट मलेसिया उडेका थिए । देवारगाउँ घर भएका परियारको असार ८ गते निधन भएको थियो । उनको मृत्युबारे ९ गते मात्रै थाहा भएको मलेसियामा बस्दै आएका उनकै गाउँले मृगेन्द्रकुमार शाहीले जानकारी दिए ।
शाहीका अनुसार उनी दिनका सुरक्षा गार्डको रूपमा रहेकाले डिउटीमा गएका थिए । राति कोठाभित्र उनको मृत्यु भएको रहेछ । उनले भने, ‘भोलिपल्ट मात्रै थाहा भएको हो ।’ शव अहिले मलेसियाको क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ ।
रवि लेख्छन् :
यो घटना बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । ‘सामाजिक सञ्जाल मार्फत यो म्यासेज सहितको स्क्रिन सट्मा मेरो ध्यानाकर्षण भयो । मयलाल परियार जी, देशमा नै बस्ने वातावरण बनाउन हामी लड्दै गर्दा तपाइ मलेसियामा अस्ताउनु भयो । तपाइले यो संसार लाई महसुस गर्दा तपाई र मेरो भेट भएन । अब तपाई केही महसुस गर्न नसक्ने अवस्थामा पुग्नुभयो । तर तपाईँलाई देशले स्पर्श गर्नै पर्छ । तपाईँको पार्थिव शरीर लाई नेपाल ल्याउन म समन्वय गरिरहेको छु । परिवारसँग पनि कुरा गरेँ । राजदूतावाससँग पनि कुरा गरेँ । पेटको कुनै खराबीले मृत्यु भएको प्रारम्भिक खबर दूतावासले गराएपनि पोस्टमार्टम लगायतको प्रक्रियाले केही दिन लाग्न सक्ला ।सबै प्रक्रिया मिलाएर जतिसक्दो छिटो नेपाल ल्याउने पहलमा आफै लागेको छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
सभापति लामिछानेले मयलालको छातीको ट्याटुले आफ्नो छाती छिया छिया भएको उल्लेख गरेका छन् । उनले अगाडि भनेका छन्, ‘राजनीति मार्फत तपाईँजस्ता लाखौँलाई यही देशमा बस्ने वातावरण बनाउन केही गर्न सकेँ भने मात्र तपाईँलाई साँचो अर्थमा श्रद्धाञ्जली दिएको मानिनेछ । तपाईँले ममाथि देखाउनु भएको माया र विश्वास कम्तीमा तपाईँकी ११ वर्षीया छोरीले महसुस गर्ने गरी यो देशको सेवा गर्नेछु । तपाईँको छातीको ट्याटुले मेरो छाती छिया छिया भएको छ । म यो पिडालाई शक्तिमा बदलेरै छाड्छु । तपाईँको, मेरो र हाम्रो सपनालाई मरे पनि मर्न दिन्न । परिवारलाई यो पिडा सहने शक्ति मिलोस् ।’
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय