मलेसियाको ब्याटिङ ध्वस्त पार्दै नेपालले जित्यो उपाधि
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ ।
मलेसियामा भएको फाइनल खेलमा नेपालले २२१ रनको विशाल जितसहित उपाधि उचालेको हो ।
नेपालले दिएको २५३ रनको विशाल लक्ष्य पछयाएको मलेसियाले खराब प्रदर्शन गर्दै लगातार विकेट गुमाउँदै १४ दशमलव ५ ओभरमा मात्र ३१ रन बनाएर आउट भएपछि नेपालले उपाधि निश्चित गरेको हो । मुहम्मद अक्रमले बनाएको १० रन नै मलेसियाका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
मलेसियाको ब्याटिङ ध्वस्त बनाउन नेपालका कप्तान अभिषेक तिवारी एक्लैले पाँच विकेट लिएका छन् । भने सन्तोष यादवले तीन विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेक तिवारीले जम्मा ७ रन मात्रै दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको ११२ रनको शतकिय पारीमा २५२ रनको विशाल योगफल तयार गरेको थियो । ८९ बलको सामना गरेका नरेनले २ छक्का र १० चौकाको मद्दतमा नटआउट ११२ रन बनाएका थिए । तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए।
त्यस्तै निरजकुमार यादवले ४७ रनको योगदान गरे । भने सन्तोष यादवले २६,सुर्यासू कोइरालाले १८ रन बनाएको थिए । त्यस्तै २६ रन नेपालले अतिरिक्त मार्फत प्राप्त गरेको थियो ।
बलिङतर्फ मलेसियाका मोहमद अक्रमले ३ विकेट लिए।
आज मलेसियालाई हराउँदै नेपाल एसीसीको यू-१६ स्तरको प्रतियोगितामा ह्याट्रिक गरेको छ । यसअघि एसिसीको आयोजना भएको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।
नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। दुवै संस्करण थाइल्यान्डमा भएका थिए। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ र २०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो।
सम्बन्धित समाचार
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

