प्रधानमन्त्री प्रचण्ड ५ दिने इटाली भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन इटाली जाने भएका छन्।
कृषिमन्त्री वेदुराम भुसालसहितसहित २० सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी साउन ७ इटाली जान लागेका हुन् । सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको छ। उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको शर्माको भनाइ छ।
मन्त्रीपरिष्दको बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसमेत निर्णय गरेको छ । मन्त्री शर्माले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्दै १ सय रुपैयाँमा कम्पनी दर्ता गर्ने व्यवस्था गरेको बताईन् ।
त्यस्तै, आजको बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा।रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ । डा।मल्ल सोही अस्पतालमा कार्यरत छन् ।
सम्बन्धित समाचार
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला


