बाख्रापालक कृषकलाई अनुदान
कास्की । पोखरा महानगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले बाख्रापालक कृषकलाई अनुदान रकम वितरण गरेको छ । व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका कृषक यसबाट लाभान्वित भएका छन् । महानगरले ‘मेयरमैत्री बाख्रा पकेट’ कार्यक्रमअन्तर्गत महानगरका एक सय ९१ कृषकलाई ४४ लाख २० हजार अनुदान रकम प्रदान गरेको हो ।
पोखरा महानगर वडा नं १९ का २४ कृषकलाई छ लाख २० हजार, वडा नं २० का ३२ कृषकलाई सात लाख २० हजार र वडा नं २१ का ४३ कृष्णकलाई १० लाख रकम प्रदान गरिएको छ ।
यसैगरी वडा नं २४ का ३७ जनालाई आठ लाख २० हजार, वडा नं २५ का २३ जनालाई चार लाख ८० हजार र वडा नं २८ का ३२ जनालाई सात लाख ६० हजार नगद अनुदान प्रदान गरिएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताए । अनुदान प्राप्त गर्न योग्य सबै कृषकलाई महानगर प्रमुख धनराज आचार्यले सोमबार रकम प्रदान गरेका हुन्।
वडास्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकले महानगरको सहयोगप्रति खुसी व्यक्त गरेका छन् । कृषकका समस्या समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमको निरन्तरतामा उनीहरूले जोड दिएका छन् ।
सो अवसरमा महानगर प्रमुख आचार्यले अनुदानले कृषकलाई हौसला मिल्ने विश्वास व्यक्त गरे । उनले भने, “महानगरपालिका कृषकको सहायताका लागि सदैव सकारात्मक छ । महानगरको समृद्धिसँग कृषकको समृद्धि पनि जोडिनु पर्दछ, आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सिर्जना गर्न महानगरपालिका प्रतिबद्ध छ ।”
कृषिजन्य उत्पादनमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउन कृषकको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उहाँले आम कृषकलाई अनुरोध गरे । कृषकलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताए ।
“तपाईँहरू उत्पादनमा केन्द्रित हुनुहोस्, त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।” उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकलाई निराश हुने वातावरण सिर्जना नगरिने उनले विश्वास दिलाए । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा बाख्रापालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइरहेको बताए ।
बाख्रापालनप्रति कृषकले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उनले बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका पशु विकास अधिकृत सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
विश्व खडेरीको चपेटामा : ‘एल निनो’ विगत १५० वर्षयताकै सबैभन्दा शक्तिशाली हुने
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
अण्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो प्रति क्रेट ?
एसियन स्मार्ट एग्रोको बृहत अन्तरक्रिया सम्पन्न : निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाइने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

