मिटरब्याज सम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभा बैठक एक सातासम्म स्थगित
जानकारी केन्द्र
२०८०, श्रावण, ११
काठमाडौं । मिटर व्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।
आज बसेको बैठकमा मिटरब्याजीलाई कारवाही गर्न बनेको मुलुकी संहितासम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक-२०८० माथि प्रतिनिधिसभाबाट संशोधन स्वीकारसहित पुनः पारित गरिओस् भन्ने प्रस्ताव निर्णयार्थ पेस भएको थियो ।
सभाका सचिव डा।सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो ।
सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएसँगै बैठक अर्को बिहीबार सम्म स्थगित भएको हो ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

