Jankari Kendra
९ भाद्र २०८३, मंगलवार
Worldlink

मधेसी मोर्चामा चर्कियो विवाद

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, २८
मधेसी मोर्चामा चर्कियो  विवाद

आफूहरुको आन्दोलनको कारण मुलुकमा उत्पन्न समस्या समाधानको विषयमा मधेसी मोर्चाका शिर्ष नेताहरुवीच चरम विवाद सुरु भएको छ ।
स्रोतका अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर यो विवादमा एक ठाँउमा उभिएका छन भने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव एक ठाँउमा उभिएका छन ।
उपेन्द्र र महतो अहिले सरकारसँग सम्झौता गरेर जाने पक्षमा छन । उनीहरु अहिले अन्य विषयमा विश्वासिलो प्रतिबद्धता आए त्यसमा सहमति गरेर मुलुकलाई निकास दिने पक्षमा छन ।
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले मुलुकको आर्थिक स्थिति तहसनहस हुन लागेकोले आफूहरु आन्दोलनको स्वरुप परिवर्तन गरेर जाने पक्षमा रहेको प्रतिक्रिया एि । उनले भने,‘ सरकारले ठोस प्रस्ताव ल्याएर बार्ता गरे हामी नाकाबाट हट्न तयार छौ ।
तर राजेन्द्र र महेन्द्र भने सरकारलाई झुकाएर छाड्नु पर्ने भन्दै अहिले नाकाबन्दी कुनै हालतमा नखोली अझै कडा पार्दै जाने पक्षमा छन । उनीहरु आफूहरुको माग प्याकेजमै समाधान नगरेसम्म आन्दोलनबाट ब्याक नहुने पक्षमा छन । जसका कारणले मधेसी मोर्चा र मधेसको आन्दोलन अन्यौलमा परेको जानकारहरु बताउँछन ।

Top Changing Nepal

युट्युब सट्स