Jankari Kendra
१० श्रावण २०८३, आईतवार

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अधिवक्ता पाण्डे थुनामुक्त

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, श्रावण, १८
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि अधिवक्ता पाण्डे थुनामुक्त

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छिन्। जिल्ला अदालतले उनलाइ बुधबारै थुनामक्त गर्न आदेश दिएको हो। जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनी थुनामुक्त भएकी हुन्।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। जाहेरी पछि फरार भनिएकी पाण्डेलाइ तामाङ समुदायले चर्को दबाब दिएपछि बुधबार पक्राउ गरिएको थियो।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै बुधबार काठमाडौं प्रहरी परिसर घेराउ गर्दै तोडफोडमा उत्रिएको थियो ।

युट्युब सट्स