काठमाडौँ । नेपाली कथानक चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा प्रेम र धोकालाई केन्द्रमा राखिएको छ । चलचित्रमा केकी अधिकारी र सलोन बस्नेतसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापालगायत कलाकारको अभिनय छ ।
सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।