Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

एमाले केन्द्रीय कार्यालय च्यासलमा पस्यो मनोहराको बाढी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, श्रावण, २३
एमाले केन्द्रीय कार्यालय च्यासलमा पस्यो मनोहराको बाढी

काठमाडौं। सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ।

काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको हो।

च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको बताइएको छ ।

एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।

नदी किनार त्यो पनि होचो स्थानमा भएकाले त्यो ठाउँ जहिल्यै डुबानको चपेटामा पर्छ।

सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन्।

Top Changing Nepal

युट्युब सट्स