विश्व वरीयताको पहिलो नम्बरमा रहेको पाकिस्तानसँग भिड्दै नेपाल
काठमाडौं । एसिया कपको उद्धघाटन खेलमा आज घरेलु टोली नेपाल र पाकिस्तान भिड्दै छन्। नेपाल र पाकिस्ताानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोलीले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
पाकिस्तानविरुद्धको खेल नेपालका लागि एसिया कप डेब्यु खेल समेत रहने छ। गत बैशाखमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो।
नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन्। पाकिस्तान ओडिआई वरियता शीर्ष र नेपाल १५ औं स्थानमा छ।
पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ। ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुने उद्घाटन खेल हेर्न प्रायः सबै टिकट बिक्री भइसकेको छ। यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ।
त्यसपछि भदौ १८ गते श्रीलङ्कमा हुने खेलमा नेपालले अर्को महाशक्ति टिम भारतको सामना गर्ने छ। नेपाल, पाकिस्तान र भारत एसियाली कपको एउटै समूहमा परेका छन्। अर्को समूहमा परेका बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानसँग भने नेपालले अर्को चरणमा प्रवेश गरे मात्र खेल्न पाउने छ।
गत वैशाखमा घरेलु मैदान दर्शकको समर्थनमा अपराजित रहेर एसिसी प्रिमियर कपको च्याम्पियन बनेर नेपाल एसिया कपमा चयन भएको हो। दस टिम सहभागी यस प्रतियोगितामा युएई, ओमन जस्ता बलिया टिमबिच नेपालले सजिलै प्रतियोगिता जितेको हो। यो प्रतियोगिता एसिया कपको छनोट पनि थियो। त्यसैले च्याम्पियन भएपछि नेपालले एसिया कपमा खेल्ने पक्का भयो।
यससँगै हाम्रा करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी जस्ता बलरले विराट कोहली, बाबर आजम, रोहित शर्मा जस्ता ब्याट्सम्यानको विकेट ढालेको हेर्न नेपाली क्रिकेट समर्थकले पाउने छन्। त्यस्तै कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, रोहित पौडेललगायतका नेपाली ब्याट्सम्यान विश्वका नामी बलरको बलिङमा चौका, छक्का लगाएको हेर्ने नेपाली सपना पूरा हुने छ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

