नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका जाँदै बालेन
जानकारी केन्द्र
२०८०, भाद्र, १७
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन् । गत बुधबारबाट सुरु भएको एसिया कपमा नेपाल र भारतबीचको म्याच हेर्न मेयर शाह आज दिउँसो श्रीलंका जान लागेका हुन् ।
उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जाने बताइएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली खेलाडिको हौसला बढाउन भन्दै रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि आजै श्रीलंका प्रस्थान गरेका थिए ।
नेपालले पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार व्यहोरेको थियो । भोलि भारतलाई हराउन सके नेपाल अर्को चरणमा प्रवेश गर्नेछ, भने पराजित भएमा यो सिजनको एसिया कपमा नेपालको यात्रा टुंगिनेछ ।
सम्बन्धित समाचार
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक

