नेपाली क्रिकेट टोलीलाई ५ लाख पुरस्कार दिने कौडेना गाउँपालिकाको घोषणा
काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख पुरस्कार दिने घोषणा गरेको छ ।
सोमबार भएको नेपाल र भारतबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई सम्मानजनक स्कोरको लक्ष्य दिएको भन्दै गाउँपालिकाले प्रोत्साहन स्वरुप ५ लाख नगद दिने घोषणा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादवले सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीलाई प्रोत्साहन गर्न पुरस्का र दिन लागेको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सफलता सजिलै आउँदैन, तर कडा परिश्रम र दृढ संकल्पको माध्यमबाट, हाम्रो नेपाल क्रिकेट टिमले एसिया कपमा अद्भुत प्रदर्शन गर्दै हामी नेपाली र हाम्रो नेपालको नाम क्रिकेट जगतमा प्रख्यात गरेको छ । यस्तो प्रदर्शन आगामी दिनहरुमा जारी रहोस भनी शुभकामना दिदै कौडेना गाउँपालिकाकाको तर्फ बाट नेपाल क्रिकेट टिमलाई रु पाँच लाख नगद उपहार स्वरुप प्रदान गर्ने घोषना गर्दछु’ ।
नेपालले भारतसँग १० विकेटको फराकिलो हार ब्यहोरेको थियो । यद्दपि नेपालको उक्त प्रदर्शनलाई लिएर निक्कै प्रशंसा भइरहेको छ ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

