उपसचिव शाक्य भ्रष्टाचार मुद्दामा दोषी ठहर : २ करोड ४२ लाख जरिवाना, १ वर्ष कैद सजाय
जानकारी केन्द्र
२०८०, भाद्र, २९
काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यलाई दोषी ठहर गरेको छ । बुधबारको इजलासले उनीमाथि कसुर कायम गर्दै एक वर्ष कैद सजाय सुनाएको हो ।
विशेष अदालतले शाक्यमाथि २ करोड ४२ लाख ६३ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको ठहर गर्दै विगो र त्यति नै रकम जरिवाना हुने फैसला गरेको हो । २०४९ साल जेठ २ गतेदेखि ओभरसियर पदबाट सेवा सुरु गरेका हुन् । शाक्यले सेवा अवधिमा रहँदा १२ करोड ३९ लाख रुपैयाँ कमाएको अख्तियारले जनाएको छ ।
अख्तियारले १६ असार २०७७ मा शाक्य, उनकी श्रीमती अल्का, भाञ्जी प्रभालाई प्रतिवादी बनाएको थियो । सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएका अल्का र प्रभाले भने सफाइ पाएका छन् ।
सम्बन्धित समाचार
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
