रोशन पोखरेल रौतहटको चन्द्रपुर नगरपालीकामा हास्य कलाकारदय सिताराम कट्टेल ‘धुर्मुस’ एवम कुन्जना घिमीरे ‘सुन्तली’ सरसफाई अभियानमा सहभागीता जनाएका छन। राष्ट्रिय सरसफाई अभियानको क्रममा आज उनीहरू चन्द्रपुर नगरपालीकाको आम जनतालाई जनचेतना जगाउने उदेश्यले सहभागीता जनाएका हुन। उक्त कार्यक्रम चन्द्रपुर नगरपालीकाको आर्थीक सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानिय बासी एवम विधार्थी वर्गले ठूलो मात्रामा उपस्थिती जनाएका थिए। धुर्मुसले मन्तव्य दिने क्रममा चन्द्रपुर नगरपालीकालाई इटहरी जस्तो स्वच्छ र सफा पार्नु पर्ने बताएका थिए। चन्द्रपुर होटेलका दृष्टिकोणले केन्द्रविन्दु भएपनि सरसफाईमा पछि परेको समेत बताएका थिए। कार्यक्रम औपचारीकमा मात्र सिमीत हुदा भने सहभागी निराश बनेका थिए।