गुल्सनले यू–१९ एसिया कप खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । क्यान स्रोतका अनुसार उनले यू- १९ एसिया कप खेल्ने पक्का भएको छ । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् । टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले पनि उनलाई यू- १९ मा पनि समेटिएको बताइएको छ ।
यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्नेछन् ।
पछिल्लो समय यू-१९ विश्वकप छनोटका बेला गुल्सन यू९१९ टिमको कप्तान तोकिएका थिए । तर त्यही बेला सिनियर टिममा बोलाए पछि उनले यू-१९ विश्वकप छनोट खेल्न पाएनन् ।
गुल्सन नेपाली सिनयिर टोलीका निक्कै भरपर्दा खेलाडीको रुपमा परिचित भइसकेका छन् । उनकै शानदार प्रदर्शनमा गत महिना काठमाडौंमा भएको टी-२० विश्वकपको छनोटमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले आगामी वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी २० विश्वकपमा स्थान पक्का गरेको थियो ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

