आज रिलिज भए दुई हिन्दी चलचित्र
काठमाडौँ । आज शुक्रबार नेपाली सिनेमा हलमा दुई भारतीय फिल्म प्रदर्शन भएका छन्। रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ र विक्की कौशलको मुख्य भुमिका रहेको फिल्म ‘सामबहादुर’ रिजिज भएका हुन्। नयाँ नेपाली भने आज प्रदर्शन भएका छैनन्।
सन्दीप रेड्डी वांगाको लेखन र निर्देशित एनिमलले नेपाली मल्टिप्लेक्सहरुमा उत्साहजनक शो पाएको छ। साथै फिल्मको धेरैजसो प्रदर्शनअघिनै शोहरु समेत सोल्डआउट भइसकेका छ्न् ।
क्राइम ड्रामा जनरामा आधारित यस फिल्मले छोराको बुवाप्रतिको आशा र बाबुछोराको सम्बन्धमा आउने उताडतडावले ल्याउने सामाजिक प्रभावलाई कथालाई समेटेको छ। फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ ।
त्यसैगरी, अर्को बलिउड फिल्म सामबहादुर बायोपिक फिल्म हो। विक्की कौशलको मुख्य भूमिका रहेको फिल्म ‘सामबहादुर’ ले भने हलहरुमा औसत सो पाएको छ। यो फिल्म भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मानेक्साको जीवनीमा आधारित छ ।
फिल्मको कथावस्तु सन् १९७१ को भारत–पाकिस्तान युद्धसँग सम्बन्धित छ । जतिखेर साम भारतीय सेना प्रमुख थिए । मेघना गुलजार निर्देशित यस फिल्मको व्यापार माउथ पब्लिसिटीले पनि निर्धारण गर्नेछ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
