आज रिलिज भए दुई हिन्दी चलचित्र
काठमाडौँ । आज शुक्रबार नेपाली सिनेमा हलमा दुई भारतीय फिल्म प्रदर्शन भएका छन्। रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ र विक्की कौशलको मुख्य भुमिका रहेको फिल्म ‘सामबहादुर’ रिजिज भएका हुन्। नयाँ नेपाली भने आज प्रदर्शन भएका छैनन्।
सन्दीप रेड्डी वांगाको लेखन र निर्देशित एनिमलले नेपाली मल्टिप्लेक्सहरुमा उत्साहजनक शो पाएको छ। साथै फिल्मको धेरैजसो प्रदर्शनअघिनै शोहरु समेत सोल्डआउट भइसकेका छ्न् ।
क्राइम ड्रामा जनरामा आधारित यस फिल्मले छोराको बुवाप्रतिको आशा र बाबुछोराको सम्बन्धमा आउने उताडतडावले ल्याउने सामाजिक प्रभावलाई कथालाई समेटेको छ। फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी लगायतको अभिनय छ ।
त्यसैगरी, अर्को बलिउड फिल्म सामबहादुर बायोपिक फिल्म हो। विक्की कौशलको मुख्य भूमिका रहेको फिल्म ‘सामबहादुर’ ले भने हलहरुमा औसत सो पाएको छ। यो फिल्म भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मानेक्साको जीवनीमा आधारित छ ।
फिल्मको कथावस्तु सन् १९७१ को भारत–पाकिस्तान युद्धसँग सम्बन्धित छ । जतिखेर साम भारतीय सेना प्रमुख थिए । मेघना गुलजार निर्देशित यस फिल्मको व्यापार माउथ पब्लिसिटीले पनि निर्धारण गर्नेछ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

